| आइतवार, जेष्ठ २३, २०८३

विश्व वातावरण दिवस : सरसफाई तथा बृक्षारोपण गरेर मनाइयो

विश्व वातावरण दिवस २०८३ विभिन्न कार्यक्रम गरेको मनाइएको छ । शुक्रबार डिभिजन वन कार्यालय गोरखा, क्लिन गोरखा प्रालि तथा गोरखा नगरपालिकाले संयुक्त रुपमा सरसफाई तथा बृक्षारोपण गरेर दिवस मनाएको हो ।
‘प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागि’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । शुक्रबार जिल्ला सदरमुकामस्थित गोरखा बसपार्क तथा ठूलो आँगन क्षेत्रका गमलाहरूमा बृक्षारोपण गरेर शहरी सौन्दर्यीकरणको सुरुवात गरेको वन अधिकृत शिशिर लम्सालले बताए । साथै, कार्यालयले प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले वातावरणमैत्री झोलाहरु वितरण गरेको उनले जानकारी दिए ।

सोही अवसरमा कार्यालयले शनिबार गोरखा दरबार तथा रानिवन क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम संचालन गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, डिभिजन वन कार्यालयको प्राविधिक टोली तथा क्लिन गोरखाको संयुक्त सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएका थियो ।
सरसफाईका क्रममा रानीवन क्षेत्रमा वातावरण सम्बन्धी सचेतनामूलक सूचना पाटीहरु समेत राखिएको वन कार्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्