| सोमवार, जेष्ठ १०, २०८३

मगर संघको केन्द्रीय सचिवमा विष्णु राना निर्वाचित

गोरखाको मगर संघ तथा आदिवासी जनजाति महासंघको अभियानमा लामो समयदेखि सक्रिय रहेका विष्णु राना मगर नेपाल मगर संघको केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् ।

हालै काठमाडौंमा सम्पन्न भएको १३ औं राष्ट्रिय महाधिवेशनमा १२७ मत प्राप्त गरी उनी विजयी भएका हुन् । उनी गोरखा नगरपालिका ५ का वडाध्यक्षसमेत हुन् ।

यसअघि उनी नेपाल मगर संघको गोरखा जिल्ला अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ गोरखाको पनि अध्यक्ष पद सम्हालिसकेका थिए ।

मगर संघको केन्द्रीय अध्यक्षमा रक्षाबहादुर रैका निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्