| शनिबार, जेष्ठ ८, २०८३

सुपर त्रिशुली जलविद्युत आयोजना स्थलमा लडेर मजदुरको मृत्यू

गोरखामा निर्माणाधीन सुपरत्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माण स्थलमा लडेर मृत्यू भएको छ । गण्डकी गाउँपालिका १ बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यू भएको प्रहरीले जनाएको छ ।


आयोजनामा काम गर्ने क्रममा २० मिटर अग्लो पर्खालबाट लडी ४१ बर्षका यादवको शुक्रबार दिउसो तीन बजेतिर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनास्थलबाट उपचारका लागि इच्छाकामना अस्पतालमा लैजाँदा उनको मृत्यूको घोषणा भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्