| शनिबार, बैशाख १८, २०८३

ओल्ड क्यापिटललाई उत्कृष्ट मावि घोषित गर्दै राष्ट्रिय सम्मान

गोरखा नगरपालिका–८ रानीवनस्थित ओल्ड क्यापिटल माध्यमिक बिद्यालय उत्कृष्ट मावि घोषित भएको छ । फोकस नेपाल नामक संस्थाले देशभरकै उत्कृष्ट मावि घोषित गर्र्दै उक्त विद्यालयलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरेको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारी र संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले विद्यालयका अध्यक्ष सुरेन्द्र कुुवँर र प्रधानाध्यापक जनक केसीलाई संयुक्त रुपमा सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

गुणस्तरीय शिक्षा प्रदान गरी शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष पोखरेलले बताए । बिगतका बर्षहरुको परीक्षाको नतिजालाई प्रमुख आधार मानेर देशभरका माविबाट ओल्ड क्यापिटललाई उत्कृष्ट मावि घोषित गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्