
कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा ओल्ड क्यापिटलका सतप्रतिशत उत्तीर्ण
गोरखा नगरपालिकाद्वारा सञ्चालित २०८२ सालको कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा द ओल्ड क्यापिटल मा.वि.का सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ । ग्रेड वृद्धि परीक्षामा ओल्ड क्यापिटलका सहभागी ५० जना विद्यार्थीमध्ये सबै उतिर्ण भएको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार ग्रेड वृद्धि परीक्षामा सहभागी सबै विद्यार्थीले ३.४ जिपिए भन्दा बढी अंक ल्याएर उत्तिर्ण बनेका छन् । आधारभूत तहको वार्षिक परिक्षामा विद्यालयका १४१ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ९१ जना उतिर्ण भएको थियो ।




