| बुधबार, बैशाख ८, २०८३

लाप्राकी युवाहरुद्धारा अन्नपूर्ण हिमालको सफल आरोहण

आरोहीको गाउँ भनेर चिनिने लाप्राकका तीन जना युवाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । पुरबहादुर गुरुङ (युक्त), सन्दिप गुरुङ र सुजल गुरुङले ८ हजार ९१ मिटर अग्लो उक्त हिमालको गत शनिवार सफल आरोहण गरेका हुन् । बिहान ६ बजेर ३२ मिनेटका उनीहरु हिमालको चुचुरोमा पुगेका थिए ।

उनीहरुले यसअघि पनि थुप्रै हिमालहरुको सफल आरोहण गरिसकेका छन् । युक्त गुरुङले विश्वकै अग्लो हिमाल सगरमाथा आठ पटक चढिसकेका छन् । विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुसँगै पाकिस्तानमा रहेका आठ हजार मिटरका चार वटा हिमालको समेत उनले सफल आरोहण गरिसकेका छन् ।

सगरमाथाको तीन पटक सफल आरोहण गरिसकेका सन्दिपले पनि विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटु, कञ्चनजंगा, ल्होत्से, मनास्लु लगायतका हिमाल पनि चढिसकेका छन् । त्यस्तै सुजलले पनि विश्वकै अग्लो हिमाल सगरमाथाको दुई पटक सफल आरोहण गरिसकेका छन् । त्यस्तै ८ हजार १६३ मिटर अग्लो मनास्लु, लमजुङ लगायतका हिमालहरु समेत उनी चढिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्