| बुधबार, असार ९, २०८३

गोरखा २ मा रास्वपाबाट बुर्लाकोटीले उम्मेदवारी दर्ता गरे

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा हरिशरण आचार्य र समर्थकमा सुकबहादुर तामाङ रहेका छन् ।

पार्टीका महामन्त्री समेत रहेका उनी २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट चुनाव उठेर पराजित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्