| मङ्लबार, साउन ११, २०८३

लोकतन्त्र जसलाई म प्रजातन्त्र भन्छु

– राजेन्द्र बजगाईं :

लोकतन्त्र केवल शासनको मेरो अन्तर्दृष्टि (आन्दोलनमा बलियो, तर शासनमा कमजोर दलहरूं) प्रणाली होइन, यो जनतासँग गरिएको एक पवित्र सम्झौता हो—जनताको विश्वासमा आधारित, उनीहरूले चुनेका नेतृत्वहरूसँग। नेपालमा यो सम्झौता पटक–पटक तोडिएको छ—शासन प्रमुखहरूले मात्र होइन, बहुमतले चुनिएका जनप्रतिनिधिहरूद्वारा पनि। मैले यी शब्दहरू सजिलै लेखेको होइन। म आफैँले प्रजातन्त्रका लागि लडेको छु, भोगेको छु, र आस्था राखेको छु।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो तर—किन नेपाली लोकतन्त्रले जनताको न्यूनतम अपेक्षासमेत पूरा गर्न सकेन यो मैले मलाई पनि सोधिआएको प्रश्न हो । जनताको न्यूनतम आवश्यकताको अवहेलना एक आम नेपाली आमालाई जब आफ्नो बच्चाको औषधि र भोकमरी बीच रोजाइ गर्नुपर्छ, तब लोकतन्त्र अर्थहीन हुन्छ। जब गाउँको विद्यालयमा शौचालय छैन, जब ग्रामीण अस्पतालमा डाक्टर छैनन्, तब संसद् केवल भाषणको थलो हुन्छ। जनताले दरबार या सुविधा होइन, स्वच्छ पानी, सस्तो उपचार, राम्रो बाटो र गुणस्तरीय शिक्षा चाहेका छन्। तर यी सबै आधारभूत आवश्यकताहरू लोकतन्त्रले पनि दिन सकेन भने, त्यो अर्कै तन्त्र हुन्छ।

नेपालमा लोकतन्त्र प्रक्रिया मात्र भयो, प्रतिवद्धता कहिल्यै बनेन भनिएको छ। शासन बदलिए, प्रणाली बदलिए, तर जनताको पीडा उस्तै रह्यो। जबसम्म स्वास्थ्य र शिक्षा राज्यको जिम्मेवारी हुँदैन, तबसम्म त्यो शासन जनताको होइन। बीपी कोइरालाको संवैधानिक राजतन्त्रको अवधारणा बीपी कोइरालाले संवैधानिक राजतन्त्रको पक्षमा बोलेपछि धेरैलाई आश्चर्य लाग्यो। तर उनले राजतन्त्रको समर्थन गरेका थिएनन् ।

उनी परिस्थितिजन्य यथार्थवादी थिए। उनी बेलायत, जापान वा थाइल्याण्डजस्तै संवैधानिक राजतन्त्र र लोकतन्त्रको सह–अस्तित्व सम्भव छ भन्नेमा विश्वास गर्थे। उनको “राष्ट्रिय मेलमिलाप” अभियान देशभक्तिपूर्ण रणनीति थियो—शक्ति सन्तुलनको खोजी। उनले थाहा पाएका थिए कि नेपालजस्तो अति–संवेदनशील राष्ट्रमा संस्थागत समन्वय आवश्यक छ। तर दुर्भाग्य, त्यो दृष्टिकोणलाई कम्युनिष्टहरूले “राजावादी प्रवृत्ति” भनेर बदनाम गरिदिए र राजाले त्यस प्रयासलाई वीपीको कमजोरी चित्रित गरे उल्टै थुने।

कृष्णप्रसाद भट्टराईको चेतावनी कृष्णप्रसाद भट्टराई, जसको जीवन स्वच्छता र सिद्धान्तमा बित्यो, पछि गएर राजतन्त्र पुनर्स्थापनाको पक्षमा बोले। उनले ताज नचाहेका थिए, तर व्यवस्था बिग्रिएको देखे। पार्टीहरू भ्रष्ट, नेताहरू लोभी, र शासन लुटतन्त्रमा परिणत भइसकेको देख्दा उनले भने—“अब यो शासन नेपालीको होइन।” उनको त्यो बयान कुनै राजावादको समर्थन होइन, बरु एक चेतावनी थियो—यदि दलहरू आफैँ सुध्रिएनन् भने, जनताले फेरि पनि विकल्प खोज्न सक्छन् कालान्तरमा उनी पूर्ण राजावादी हुदै कांग्रेसनै छाडे।

गणेशमान सिंहको मौन असहमति १९९० को क्रान्तिका नायक गणेशमान सिंहले पनि अन्तिम समयमा कांग्रेसबाट दूरी बनाए अलग्गिए। उनको मौनता विरोध थियो—न्याय नपाएका सहयोद्धाहरूको, सिद्धान्तहरूमा गरिएका सम्झौताहरूको, र अवसरवादीहरूको वर्चस्वको। पार्टीहरू आन्दोलनमा बलिया, तर शासनमा कमजोर देखिए। बीपी–महेन्द्र सम्बन्ध र देशको दुर्भाग्य नेपालको राजनीतिक विफलताको केन्द्रमा बीपी कोइराला र राजा महेन्द्रबीचको द्वन्द्व छ। बीपीले जननिर्भर लोकतन्त्र खोजे, तर महेन्द्रले शक्ति नछाड्ने निश्चयले २०१७ सालमा निर्वाचित सरकारलाई भंग गरे।

यसपछि उनले ‘पञ्चायत’ ल्याए—जहाँ राजा सबैथोक थिए, जनताको भूमिका चैट पारियो। राजा महेन्द्रको सबैभन्दा ठूलो गल्ती थियो—कांग्रेसलाई कमजोर बनाउन कम्युनिष्टहरूलाई प्रोत्साहन गर्नु। त्यही कम्युनिष्टहरू पछि आएर राजसंस्थाविरुद्ध निर्णायक बने। त्यसैले महेन्द्रको चाल आज पनि ऐतिहासिक भूलका रूपमा चिनिन्छ।

सुवर्ण शमशेरस् वर्गविरोधी साहसको प्रतीक राणावैभवशाली परिवारमा जन्मिएर पनि प्रजातन्त्रको पक्षमा सम्पत्ति र जीवन दुवै त्याग गर्ने व्यक्ति थिए—जनरल सुवर्ण शमशेर। उनका घरहरू गोप्य केन्द्र बने, उनले आफ्नो सुन र पैसा क्रान्तिका लागि लगानी गरे। उनले साबित गरे—जन्म होइन, कर्मले नेता बनिन्छ। तर आज उनको नाम किताबमा मात्र सीमित छ, सम्मानमा होइन। यो हाम्रो लोकतन्त्रको लज्जास्पद विफलता हो। वास्तवमा भन्नै पर्ने विषय हो नेपाली कांग्रेसपार्टी सुबर्णजी निर्माण गर्नुभएको पार्टी हो।

युवराज दीपेन्द्रसँगको संवाद एकपटक श्री ५ युवराज दीपेन्द्र वीरबिक्रम मलाई भेट्न ९सवारी होईबक्सियो संवैधानिक राजतन्त्रमा म यही सम्बोधन गर्थें ०० आए। हामीले गोरखा दरबारको संरक्षणबारे कुराकानी गर्यौँ वहाँ ९मौसूफ सरकार संवैधानिक राजतन्त्रमा म यही सम्बोधन गर्थें०। लाई सुझाव दिए—“यदि तपाईँ साँच्चै देशको माया गर्नुहुन्छ भने कांग्रेससँग सहकार्य गर्नुहोस्। संवैधानिक राजा बन्नुहोस्, शासन गर्ने होइन, राष्ट्र जोड्ने पात्र बन्नुहोस्।” वहाँले गम्भीर भएर सुन्नुभयो। तर दुर्भाग्य, त्यो संवाद कहिल्यै पूर्ण हुन पाएन। मेरो संघर्षस् भ्रष्टाचारविरुद्ध र जनताको पक्षमा आज म गोरखालीको छोरो भनेर गर्व गर्छु।

मेरो हजुरआमा दुल्लभ लामिछानेको वंशज हुनुहुन्थ्यो। मैले पृथ्वीनारायण शाहको ‘दुई ढुङ्गाबीचको तरुल’ को चेतावनीलाई सदैव स्मरण गरेको छु। तर म कुनै पदको लागि होइन, जनताको पक्षमा उभिन लेख्छु। जब ‘भिजिट भिसा’ घोटाला बाहिर आयो, मैले डा। शेखर कोइराला र डा। सुनिल शर्मा सँगै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेँ। जब नेपाली नागरिकहरू मानवीय तस्करीमा प्रयोग भइरहेका थिए, सरकार चुप थियो। म चुप बस्न सक्दिनँ। हाम्रो पार्टीकै परिवारले आफैँले शरणार्थी प्रकरणमा आफ्नो अनुसन्धान गर्न माग गर्नु भयो आफ़्नै गठबन्धनको षडयन्त्रकारी मन्त्री रहेको परिस्थिति थियो।

तर अझैसम्म त्यो निवेदन चल्दैन। किनरु यो अयोग्यता हो वा नियोजित विलम्म वा सुशासन भन्न खोजिएको होरु मेरो मन्द आक्रोश म भोग्न नसक्ने मान्छेसंग व्यक्तिगत द्वेष राख्दिनँ। तर म त्यस्तो चरित्रलाई, जसले आफ्नै परिवारको सर्वाधिक ग्रहणयोग्य—सालिन सदस्य जस्तो सिद्धान्तवादीलाई कमजोर पार्न खोज्छ। जसको वरिपरि स्वार्थ समूह, र शंकास्पद पात्रहरू छन्—जसले कांग्रेसलाई विचार होइन, कलंक दिएका छन् त्यो शैली हो त्यसको निष्ठा भत्किएकाले हामीले निर्मम हुनु पर्यो र मैले १० औं वर्षको मौनता साँधेको सत्य उत्खनन नगरि सुखै छैन। सेना, पर्यटन, र राष्ट्रिय अस्मिता म अहिले देशमाथी सांस्कृतिक उपनिवेशीकरण सल्बलाएको देख्छु, क्षेत्रीय आतंवाद स्वर्णद्वार भएका छौ देख्छु र यहाँ म राष्ट्रिय सेनाको सुदृढीकरणको पक्षमा छु—जनतामाथि होइन, सार्वभौमिक सुरक्षाका लागि। सीमा व्यवस्थापन, राष्ट्रिय सेवा र आधुनिक प्रतिरक्षा आवश्यक छन्।

म उत्तरदायी शासनको पक्षमा पनि छु—जहाँ स्थानीय समृद्ध होस्, संस्कृति जोगियोस्, र मुलुकको छवि सुध्रियोस्। नेपालले दशकोंदेखि ‘असंलग्न परराष्ट्र नीति’ को आवरणमा विश्व राजनीतिमा अस्पष्ट भूमिका निर्वाह गर्दै आएको छ। तर आजको बदलिँदो विश्व सन्दर्भमा यो नीति अब न त रणनीतिक छ, न नै राष्ट्रहितमैत्री। हामी स्पष्टसँग भन्न चाहन्छौं—नेपालजस्तो सानो, विकासोन्मुख राष्ट्रका लागि अब ‘कुनै पक्षमा नलाग्ने’ पुरानो कूटनीतिक शैलीले काम गर्दैन। नेपालले आफ्नो परराष्ट्र नीति लोकतान्त्रिक मूल्य, पारदर्शिता, र जनउत्तरदायित्वमा आधारित देशहरूसँगको सहकार्यमा केन्द्रित गर्नुपर्छ। हामी भारत, अमेरिका, चीन वा युरोप सबैसँग मित्रवत सम्बन्ध राख्न सक्छौं, तर त्यो मित्रता असंलग्नताको भ्रममा होइन, स्वतन्त्र निर्णयमा आधारित हुनुपर्छ। अब नेपालले लोकतन्त्रवादी मूलुकसंग संलग्न हुनै पर्नेछ तर, नेपालमा कम्युनिष्ट मौलाईरहेको छ यो उत्तरायण छ। त्यस्तै, विकासको नाममा हामीले पछिल्ला वर्षहरूमा देखेको अनियोजित ऋण, ठेकेदारमुखी बजेट र आयात निर्भर अर्थतन्त्रले हाम्रो आत्मनिर्भरतामा ठुलो चोट पुर्याएको छ। अब समय आएको छ—हामीले विकासको मोडल परिवर्तन गरौं। गाउँ, युवा, कृषिलाई जोड्ने उत्पादनमुखी रणनीति ल्याऔं। सरकार पनि तीन तहमा फैलिएको विशाल संरचना होइन, सानो, सक्षम र जवाफदेही बनोस्। सच्चा राष्ट्रभक्तिको मापन केवल झण्डा हल्लाएर होइन, भ्रष्टाचारविरुद्ध बोल्ने आँट, पारदर्शितामा आधारित शासन, र सर्वसाधारणको पक्षमा बोल्ने साहस हो।

निष्कर्ष : लोकतन्त्र मरेको होइन, घाइते भएको छ नेपालमा लोकतन्त्र मरेको छैन, तर गहिरो घाइते छ। यो भ्रष्टाचार, विश्वासघात, बेइमानी, र दलगत स्वार्थका घाउले ग्रस्त छ। अब केवल चुनाव होइन, आचरण चाहिन्छ। सिद्धान्तमा बाँधिएका पात्रहरू चाहिन्छ—जो आवश्यक परेमा एक्लै उभिन सक्छन्। म कुनै पदको लागि होइन, उद्देश्यको लागि बोल्दछु। म भन्छु दलहरूले आत्मसमीक्षा गर्नुपर्छ। जनताले लोकतन्त्रमा विश्वास गुमाउनु हुँदैन—बरु त्यसलाई पुनःप्राप्त गर्न उठ्नुपर्छ। त्यो दिन हामीले बीपीको सपना, सुवर्ण शमशेरको बलिदान, र गोरखाको गौरवलाई साँच्चै जीवित राख्नेछौँ। नेपालको हितका लागि अब हामी चुप लागेर बस्ने होइन, लोकतान्त्रिक पक्ष रोज्ने, नीति स्पष्ट गर्ने हो ।

(बजगाई गोरखा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस्