| बुधबार, अशोज १३, २०८३

जिल्लाकै ठुलो पुरस्कार राशीको ‘प्रथम गोर्खा कप २०८२’ भलिबल प्रतियोगिता हुँदै

गोरखामा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम गोर्खा कप भलिबल प्रतियोगिता हुने भएको छ । यही बैशाख २९ गते बुद्ध जयन्तीको अवसरमा प्रगतिशिल युवा नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

जेठ २ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधी बिजेताले तीन लाख नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका सचिव रबित तामाङले बताए । उनका अनुसार द्धितीय हुनेले एक लाख ५० हजार र तृतिय हुनेले ७५ हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामाउत्कृष्ट खेलाडीले १० हजार रकमसहित कप र प्रमाणपत्र प्राप्त गर्नेछ । बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कोच र बेस्ट सर्भरले पाँच–पाँच हजार नगद सहित कप र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ८ टिमको सहभागीता रहने बताइएको छ ।

प्रतियोगिताको अनुमानित खर्च ३४ लाख २५ हजार रहेको छ । खेलको माध्यमबाट जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष दिपक थापाले बताए । जिल्लाका उदयमान खेलाडीहरुलाई खेलप्रति थप प्रोत्साहन गर्ने समेत उद्देश्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्