
दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी नारायणगढ क्लबलाई
दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी नारायणगढ क्लबले जितेको छ ।
गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा बेशाख १ गते भएको फाइनल खेलमा नव जनजागृती भेट्रान्स क्लबलाई ४–१ को गोल अन्तरले हराउँदै नारायणगढ क्लब बिजयी बनेको हो । द ओसन क्लब गोरखाको आयोजनामा गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तरगत सम्पन्न प्रतियोगिताको उपविजेता नव जनजागृती भेट्रान्स क्लब बन्न सफल भएका छन ।
बिजेता टिम नारायणगढ फुटबल क्लबले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको द ओसन क्लब गोरखाका अक्ष्यक्ष अमित खत्रीले बताए । यस्तै उपबिजेता टिमले १५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् । यस्तै नारायणगढ क्लबका साजन कार्की प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेको उनले जानकारी दिए । हिल्ली फिल्डर्स गोरखा एफसी संगम खत्री उत्कृष्ट गोलरक्षक बनेका छन् । जि एण्ड ए एकेडेमी प्रतियोगिताको प्लेट च्याम्पियन टिम बनेको हो ।

यता महिला तर्फको फुटबल प्रतियोगितामा २–१ को गोल अन्तरले एम्बेस्डर फुटबल चितवन बिजेता बनेका छन् । हिल्ली फिल्डर्स गोरखा एफसीको महिला टिम उपबिजेतामै समिति बने । बिजेता तथा उपबिजेता दुबै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । क्लबका अध्यक्ष खत्रीको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकलगायतको उपस्थिति रहेको थियो ।




