
जिल्ला खेलकुद बिकास समितिका पदाधिकारीद्धारा पदभार ग्रहण
जिल्ला खेलकुद बिकास समिति गोरखाका नवनियुक्त अध्यक्ष एवं पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । वुधवार जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुले भदभार ग्रहण गरेका हुन् ।
समितिको अध्यक्षमा प्रेमबहादुर तामाङ, उपाध्यक्षमा मुकेश वानिया, सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा होमबहादुर थापा नियुक्त भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषदको यही चैत्र १७ गतेको मन्त्रीस्तरीय निर्णयले उनीहरुलाई मनोनित गरेको हो ।




