| बिहिबार, बैशाख २, २०८३

विश्वास आशा भरोसामा तुषारा पात पछिको आक्रोस र निराशा

रमेश रमण खनाल ।
आदरणीय पाठक बृन्द, धेरै दिनहरु निस्तब्ध र बन्ध भएको यो पंतिकारको कलम आज फेरी मुलुकमा देखिएको डर लाग्दो अस्तव्यस्तता जनतामा भएको आक्रोस निराशा र कुण्ठाबाट उद्लेति भएर फेरी पनि केही विषय बस्तुहरु यहाँहरुका सामु राख्ने जर्मक गरेको छु ।

यो मुलुकमा २००७ सालदेखि २०६२०६३ सम्म आइपुग्दा धेरै किसिमका शासन व्यवस्थाहरु नेपाली जनताले भोग्दै आए । धेरै किसिमका राजनितिक दल र तिनका नेतृत्वहरुमा सरकार बने । दस वषै सशस्त विद्रोहको जगबाट २०६२/०६३को जन आन्दोलनले मुलुकमा संघिय लोकतान्त्रिक, गणतन्त्रत्मक शासन व्यवस्था स्थापित भएको हो । त्यससँग धेरै नेपालीहरुले धेरै आशा भरोसा र विश्वास बोकेर २०६२/०६३ को आन्दोलनलाई नेपाली जनताले साथ समर्थन र सहयोग गरि सडकमा निस्एिका हुन् ।

यो शासन व्यवस्था स्थापनर्थ यो पंतिकारको पनि धेरै ठुलो त्याग योगदान र लगानी रहेको छ । त्यसै क्रममा ०५७/५८ को संकटकालिन अवस्थामा २२ दिन लामो कष्टकर हिरासत जिवन बिताएर जिवन मरणको दोसादमा खडा भएर बालबाल जिउन सफल भएको नाफाको जिवन जिईरहेको मानिस हौं । मुलुकमा स्थापित लोकतान्त्रिक, गणतन्त्रत्मक शासन व्यवस्था लागु हुन पूर्व आन्दोलनको तुफानी चल्दै गर्दा तमाम दुनियाँमा राजा विरेन्द्रको वंश विनासको आरोप भाई ज्ञानेन्द्र र उनका परिवार माथी थोपरिएको थियो ।

स्वाइस बैंक इन्डोनेसियालगायतका थुप्रौ विदेशी बैंकहरुमा राजा र राज परिवारको सम्पत्ति लुकाएको भ्रम फैलाएको थियो । शासन व्यवस्था परिवर्तन लगत्तै लुकाएका सम्पत्तिहरु राष्ट्रियकरण गर्ने जनतालाई निशुःक शिक्षा, स्वास्थ उपलब्ध गराउने । गाँस, बाँस, कपास, स्वास्थ सुरक्षा र रोजगारी उपलब्ध गराउने प्रतिबद्धसहित व्यघरवारलाई घडेरी, बेरोजगारलाई काम, जोत्नेलाई जमिन, भोकालाई मानसहित नारायण हिटी हत्य काण्डको छानबिन कारबाही, मदन भण्डारी कत्य काण्डको छानबिन र कारबाहीलगायतका थुप्रै थुप्रै विषयबस्तुहरु उठान गरिएको थियो ।

आन्दोलनकारीको तर्फबाट जनताको अपेक्षा पनि त्यहीँ थियो । भने, दक्षिणी छेमेकी मुलुक दलहरुलाई आन्दोलनमा उर्लुने उता नारायहिटीमा दुत पठाएर राजा ज्ञानेन्द्रलाई ‘तपाई भुटानी नरेशको हैसियतमा हाम्रो छाता भित्र रहन चाहानु हुन्छ भने, तपाईको हैसियत सुरक्षित राख्न हाम्रो तर्फबाट पूर्ण सहयोग हुनेछ भन्ने आश्वसनसम्म लिएर गएको कुरा त्यती बेलैदेखि व्यापक चर्चामा आएको र हाल पनि राजा ज्ञानेन्द्रले पटक पटक अभिव्यक्त गरेर खुलाई रहेका छन् ।’

त्यती हुदाँ पनि म नेपाली जनतासँगै सहकार्य गर्नेछु । स्वदेशमै बस्नेछु । देश र दुनियाँको अस्तित्व समाप्त गरेर पराधिन्तालाई स्विकार गर्दिन भन्ने दृढ संकल्प लिएर जनताको नासो जनतालाई सुम्पेको घोषणा गर्दै । नाराण्डहिटीबाट निर्मल निबास तर्फ लागेका हुन् । तत् पश्चात संविधान सभाका माध्यमबाट संविधान जारी भएको हो र त्यसैले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित गरेको हो ।

संविधान सभा निर्वाचन पश्चात मुलुकलाई ७ प्रदेशमा विभाजन गरियो । केन्द्रदेखि प्रदेश हुँदै स्थानीय निकायहरुका काम कर्तव्य, अधिकार सुनिश्चित गरियो । स्वास्थ, शिक्षा, सुरक्षा र रोजगारी जनताको नैर्सघिक अधिकारको रुपमा संविधानमा लिपि बद्ध गरियो । पटक पटक विभिन्न निर्वाचनहरु भए । केन्द्रदेखि स्थानीय तहसम्म अनुहार फेरी फेरी विभिन्न खाले सरकारहरु बने । तर, जनताका समस्यहरु भने जहाँका त्यहीँ रहे । अझ भनौं दिन दोगुणा रात चौगुण जीवनस्तर बरबाद र चौपट बन्दै गए ।

जसको नेतृत्वमा सरकार बने पनि जुन पार्टीले सरकार समाले पनि राज्य सत्ता पुरै बिचौलियकाको कब्जामा पर्न गयो । चोरलाई चौतारी साधुलाई सुली भने झैं पिडितहरु महा पिडित बन्दै गए । पिडकहरु राज्य सत्ताका मालिक बनेर छाती फुलाउदैं हिड्न थाले । उद्यागधन्दा, कलकारखाना निजीकरणका नाउँमा बेचिन पुगे । रोजगारीको अभावमा दिनहुँ दसौ हजार मानिसहरु वैदेशिक रोजगारीमा विदेशिन बाध्य भए । गाउँ पुरै वृदाश्रम जस्तो हुदैं गएको छ ।

गरिबको अवस्था यति विकाराल र चौपट छ की उपचारको अभावमा तड्पी तड्पी मर्न विवस र बाध्य छन् । शिक्षाको अभावमा साना–साना फुच्चे भाई बहिनीहरुसमेत कि त पकेटमार बनेर हिड्न थाले । कि त खाते जीवन जिउन विवस र बाध्य भए । अल्पशिक्षत युवा युवतीहरु वैदेशिक रोजगारीको खोजीमा ५५ डिग्रीको तापक्रमको समेत प्रवह नगरी खाडी मुलुकहरुमा पुगेका छन् । कति काम नपाई बेरोजगार बनेका छन् । कति काम पाएर पनि कम्पनीले तलब नदिएर पिडामा छन् । कति विदेशमै मृत्यु बरण गरेर महिनौं पछि बाक्सामा लास आउने क्रम जारी नै छ ।

महँगीले सिमा नाघेको छ । भ्रष्टचार दिन दुई गुण रात चौं गुण मौलाउदो छ । वित्तिय संस्थाहरु, बैंक, लगु वित्त, सहकारीले पुरै जनता लुटेर घरवार बिहिन बनाई आत्माहत्य गर्न बाध्य र डिप्रेशनमा पर्न बाध्य र विवस बनाएको छ । न्याय पुरै मरेको छ । संविधानलाई पहुँचवालाहरुले आफ्नो अनूकुलताको व्यवख्या गरिएका छन् । संविधानको मर्म र भाव पुरै मरेको छ । न्यायलयदेखि सुरक्षा निकायसम्म अख्तियारदेखि शिक्षा क्षेत्रसम्म पुरै राजनितिक हष्तक्षेप छ । अझ भनौं सबै संवैधानिक निकायहरु पार्टीका झोले कार्यकर्ताहरुको भर्ती केन्द्र जस्तो बनाएको छ ।

न त नारायणहिटी हत्यकण्डको तथ्य र प्रमाणसहित हत्यराको खोजी गरियो । न त दास ढुङ्गा हत्य काण्डको तथ्य र प्रमणसहित खोजी गरियो । विना तथ्य र विना प्रमाणमा केबल जनतालाई भ्रम छर्ने काम बाहेक केही हुदै भएन । हिजो अन्दोलनको नेतृत्व गर्दै गर्दा गरिएका सबै बाचा कबुलहरु बिर्सिएर उल्टो गतिमा सरकार सुरुदेखि अहिलेसम्म हिडिरहेकै छ । न त राज परिवारको भनिएको विदेशी सम्पत्ती ल्याउन सके, न त जनतालाई रहात र शुसासन सुविधा दिन नै सके ।

१८ वर्षको अवधिमा वैदेशिक ऋण यती बढ्यो कि उउटा बालक जन्मदै एक लाख रुपियाँ राष्ट्रिय ऋणभार बोकेर जन्मिरहेको हुन्छ । विदेशिएका कलिला युवा युवतीहरुको रेमिट्यान्स र वैदेशिक ऋणले राष्ट्रपतिदेखि वडा सदस्यसम्मको तलब भत्ता सेवा सुविधा थेग्नु परेको छ । करको भार यती बढाएको छ की उद्यागपती, व्यापारी, व्यवसायी, ठेकेदार, सामान्य किसानहरुले थेग्नै नसक्ने अवस्था छ । आफ्ना बाबु–आमासँग आफ्नो सन्तानले अंश लिदाँ अंश बापत पाउने जग्गाको मुल्य भन्दा राजस्व डबल बनाएको छ । सान्तानले बाबु–आमासँग अंश लिन सक्ने अवस्थासम्म छैन ।

दुनियाँको मुहारमा मुस्कान छैन । देश पुरै तस्कर विचौलिया र ठगको नामले विदेशमा चित्रित र चर्चित बनेको छ । संघियता लागु गर्न विदेशीको लगानी भएको तथ्य छरपष्ट आई रहेका छन् । सम्बधीत दतृ देशहरुले नै बोलिरहेका छन् । सबै चिज बस्तुको मुल निती भनेको राजनिति हो । राजनितिले नै सबै खाले चिज बस्तुलाई नियन्त्रण नियमन गर्ने हो ।

राजनिति नै भ्रष्ट र फोहोर हुनु भनेको यो व्यवस्थाकै दोष हो । व्यवस्थाको दोष हुदैनथ्यो भने, चर्का र राष्ट्रवादी कुरा गर्ने नेताहरु झलनाथ खनाल, केपी वली शेर बहादुर देउवा, माधव नेपाल, बाबुराम भट्टराई, पुष्प कमल दहाल जस्ता नेताहरुले देशमा शासन सत्ता समालि सकेका छन् । समाल्दै छन् । तर, दुनियाँले के पायो त ? संविधानमा लिपिबद्ध गरिएका अधिकारहरुको समेत अपव्याख्य गरी जनतालाई तड्पाउने र पिल्साउने काम भएको छ ।

त्यसैको परिणती स्वरुप हिजो ज्ञाने चोर देश छोड भन्ने जनताहरु आज राजा आउ देश बचाउ, संघियता चाहिदैन देश बेच्न पाईदैन भनेर स्वत स्र्फूत हिसाबले सडकमा आन्दोलित छन् । जनताको विश्पस र भरोसा पुरै मरेको छ । काम्रेड मओत्सेतुङले भने झै यो संसदिय व्यवस्था खसीको टाउँको देखाएर कुकुरको मासु बेच्न उद्त र अग्रसर छ । यसलाई जति पाल्यो त्यती नै सखा सन्तानको भविष्य समेत अन्धाकार हुनेछ ।

राष्ट्रिय शास र गौरव मर्ने छ । पराधिन्ता स्विकारनु पर्ने छ । तसर्थ सबैले समयमै सोचेर आफ्ना सन्ततीको भविष्य सुनिशिचत गर्नु । व्यवस्था बद्लनु बाहेक अर्को कुनै विकल्पौ छैन । समय घर्की सकेको छ । लेखक राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्