| मङ्लबार, अशोज १२, २०८३

२ महिने निशुल्क लोकसेवा पुर्व तयारी कक्षा सम्पन्न

दुई महिने निशुल्क लोकसेवा आयोग पुर्व तयारी कक्षा सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिकाको आर्थिक सहयोगमा संचालीत लोकसेवा पुर्व तयारी कक्षाको शनिबार एक कार्यक्रमकाबीच समापन भएको हो ।

निजामती सेवामा आदिवासी जनजातिहरुको पहुँच विस्तार गर्ने तथा आदिवासी जनजाति समुदायका युवाहरुलाई स्वदेशमै रोजगारी पाउने अबस्था सिर्जना गर्ने उद्देश्यले लोकसेवा पूर्वतयारी कक्षा सञ्चालन गरिएको आदिवासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु राना मगरले बताए ।

‘आदिवासी जनजाति समुदायमा विदेश जाने र लाहुरे हुने प्रवृत्ति बढ्दो छ’, उनले भने, ‘आदिवासी जनजातिलाई निजामती क्षेत्रमा प्रवेश गराउने उदेशय सहित कक्षा संचालन गरिएको हो ।’ संचालन गर्नका लागी गोनपा र भिमसेनथापा गाउँपालिकाबाट ६ लाख सहयोग प्रदान भएको उनले बताए ।
आदिवासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु राना मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ गोरखाका पदाधिकारीहरु, प्रशिक्षक, प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा कक्षा संचालन अवधिभर विभिन्न समयमा संचालित परिक्षामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पुरस्किृत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्