
ओल्ड क्यापिटलको निबन्ध प्रतियोगितामा प्रसिद्धिका अर्याल प्रथम
विश्व वातावरण दिवसको अवसरमा द ओल्ड क्यापिटल माविद्वारा आयोजित निबन्ध प्रतियोगितामा प्रसिद्धिका अर्याल प्रथम बनेकी छिन् ।
गोरखा नगरपालिका ६ रानीवनस्थित सो विद्यालयमा बुधबार आयोजना भएको ‘प्रदुषण रोकथाम र प्रकृतिको रक्षा’ विषयक माविस्तरीय निबन्ध प्रतियोगितामा आयोजक विद्यालय द ओल्ड क्यापिटलकी प्रसिद्धिका प्रथम बनेकी हुन् ।
प्रतियोगितामा लक्ष्मी सामुदायिक शिक्षा सदनका निखिल बस्नेत दोस्रो बनेका छन् । महालक्ष्मी मावि लक्ष्मीबजारकी अन्जना श्रेष्ठ र तारा मावि छेपेटारकी सुस्मिता तामाङ क्रमश तेस्रो र सान्तवना बनेको ओल्ड क्यापिटल माविका प्रधानाध्यापक जनक केसीले जानकारी दिए ।
प्रतियोगितामा गोरखा नगरपालिकाभित्रका १२ विद्यालयहरुको सहभागिता रहेको उनले बताए ।

सो अवसरमा ओल्ड क्यापिटलले बुधबार बिहान ब्यानर, पम्प्लेट सहितको ¥याली कार्यक्रम आयोजना गरेको थियो ।
विद्यालयको कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुले गोरखा सदरमुकामको ठुलोआँगन, बसपार्क र नयाँबजार क्षेत्रमा ¥याली सहित सरसफाई र वृक्षारोपण गरेका छन् ।

यस्तै विद्यालयको कक्षा ८ का विद्यार्थीहरुले बराह, प्रतिक्षालय क्षेत्र र कक्षा १२ र एचए टोलीले गोरखा अस्पताल क्षेत्रको सरसफाई गरेको प्रअ केसीको भनाइ छ । साना कक्षाको विद्यार्थीहरुले भने विद्यालय परिसर भित्रै सरसफाई र वृक्षारोपण गरेर वातावरण दिवस मनाएका उनले बताए ।




