| मङ्लबार, अशोज १२, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पसको प्रमुखमा एकदेव अधिकारी

लामो समयदेखि रिक्त रहेको गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसले नेतृत्व पाएको छ । सोही क्याम्पसमा बिगत २४ बर्षदेखि अध्यापनरत एकदेव अधिकारीलाई क्याम्पस सञ्चालक समितिले सोमबार क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।


सो पदका लागि दरखास्त आव्हानको माग गर्दै क्याम्पसले सूचना जारी गरेको थियो । अधिकारीसहित धर्मजंग थापा र शरण श्रेष्ठले पनि आवेदन दिएका थिए । ‘फाइल स्टडी’ र अन्तरवर्ताको आधारमा अधिकारीलाई प्रमुखमा नियुक्त गरिएको समिति संयोजक इश्वरकाजी मास्केले बताए । उनका अनुसार क्याम्पस प्रमुखको अवधि चार बर्षको हुने छ ।


अजिरकोट गाउँपालिका हंशपुरका अधिकारी विगत २४ बर्षदेखि सोही क्याम्पसमा अध्यापन गराउँदै आएका थिए भने दश बर्षदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्