
धार्चेमा सिकाई वातावरण सुधार परियोजना लागु हुने
एकिकरण नेपाल गोरखाले जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा गोरखाको धार्चे गाउँपालिकामा सिकार्य वातावरण सुधार परियोजना संचालन हुने भएको छ । परियोजनाले गाउँपालिकाको वडा नं ७ अवस्थित श्री प्रभात किरण माद्यमिक विद्यालयको विद्यालय भवन निर्माण गर्ने भएको छ ।
गाउँपालिकामा भएको परियोजनाको सुरुवाती कार्यशालामा एकिकरण नेपाल गोरखाले एक कार्यक्रम विच अवको एक वर्षको अवधिमा उक्त भवन निर्माण हुन लागेको जानकारी गराएको हो । ८ कोठाको भवन, ८ वटा खानेपानी धारा लगायत भौतिक पुर्वाधार विद्यालय, गाउँपालिकाको अनुरोध र शिक्षा विकास सथा समन्वय इकाई र जिल्ला समन्वय समितिको सिफारिस एवं विद्यालय भवन आवश्यकता देखिएकाले भवन निर्माण गर्न लागेको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।
चाइल्ड फण्ड जापानको इन्जिनियर दुर्गा ढकालले एक वर्ष भित्र करिव ३ करोड ५६ लाख ३६ हजार १ सय ७ रुपैया खर्चमा विद्यालय भवन वन्ने वताए । त्यस वाहेक अन्य विद्यालयहरु श्री जनजागृती माद्यमिक विद्यालय, कालरात्री माद्यमिक विद्यालय र मञ्जुश्री माद्यमिक विद्यालयमा विभिन्न शैक्षिक वातावरण सुधारको कार्यक्रमहरु संचालन हुने एकिकरण नेपाल गोरखाले वताएको छ ।
कार्यक्रममा चाइल्ड फण्ड जापानको कार्यक्रम व्यवस्थापक ताई कामीकुराले जापान सरकार र नेपाल सरकार विच अत्यन्तै राम्रो सम्वन्ध रहेको जानकारी गराउदै नेपाली वालवालिकाहरुलाई गुणस्तरीय शिक्षाको लागि जापान सरकार समेत प्रतिवद्द रहेको वताइन् । कार्यक्रममा एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले विद्यालय निर्माणको लागि ठेकेदार छनौट भई सकेको जानकारी गराउदै समयमा नै विद्यालय निर्माणको लागि गाउँपालिकाको सकरात्मक सहयोग र समन्वय हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङले विद्यालय भवन निर्माणले गाउँपालिकाको शिक्षामा ठुलो योगदान हुने वताउदै कार्यक्रमको अवधिभर पालिकावाट नियमित अनुगमन र सहयोग रहने कुरा वताए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जिल्ला समन्वय समितिको प्रमुख मोहन वहादुर थापाले धार्चे गाउँपालिका दुर्गम भएको र वर्खायममा गाडी नचल्ने हुँदा समयमै सामग्री ढुवानी गर्नको लागि सल्लाह दिए ।
कार्यक्रममा पालिकाको उपाध्यक्ष सुनिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार, शिक्षा अधिकृत पुष्प राज जोशी, चाइल्डफण्ड जापानको कार्यक्रम संयोजक कृष्ण शरन डंगोल, एकिकरण नेपाल गोरखाको परियोजना संयोजक काजल गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




