
एकिकरण नेपालद्वारा प्रावि शिक्षकहरुलाइ साक्षरता सिप अभिवृद्धि आधारभूत तालिम प्रदान
एकिकरण नेपालले जिल्लाभरका १०० विद्यालयहरुको कक्षा २ मा नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरुलाई प्रदान गरेको साक्षरता सिप अभिवृद्धि शैक्षणिक तालिम सम्पन्न भएको छ । नेपाली भाषाका शिक्षकहरुको साक्षरता सिप अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न चरणमा संचालित ३ दिने तालिम सोमबार सम्पन्न भएको हो ।
तालिममा एकीकृत पाठ्यक्रम अनुसार कक्षा २ को सक्षमता हासिल गर्न बालबालिकाहरुमा पढ्ने सिप र बानीको विकासका लागि नयाँ शैक्षणिक रणनीतिको उपयोगको सिप प्रदान गरिएको एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देबकोटाले जानकारी दिए । ‘तालिममा पढाइका भाषिक आठ तत्व, सिप शिक्षणका चरण, विद्यार्थी मूल्याङकन, शैक्षणिक सामग्री र प्रयोग, पठन सिप विकासको लागि स्थानीय शैक्षणिक सामग्री पहिचान र प्रयोग, वर्णपत्ती, मात्रापत्ती, शब्दपत्ती सामग्रीको प्रयोग अभ्यास, आधारभूत चरण पूर्व विसंकेतन, विसंकेतन, उत्तर विसंकेतन पाठहरुमा के के क्रियाकलाप तथा अभ्यास गर्ने, डिजिटल सामग्रीको प्रयोग साक्षरतायूक्त कक्षाकोठा, अनलाइन पुस्तकालय, कार्यक्रमको दिगोपना लगायतका विषयमा छलफल भएको थियो’, उनले भने । तालीमका सहभागी शिक्षकहरुले कक्षाकोठामा गएर शिक्षण गर्नुपर्ने क्रियाकलापहरुको नमूना अभ्यास समेत गरेको उनले बताए ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, एकीकरण नेपाल, गोरखा र स्थानीय सरकारको साझेदारी तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।




