| बुधबार, अशोज १३, २०८३

भलिवल खेल सम्बन्धी प्रशिक्षण सम्पन्न

गोरखा नगरपालिका–१० स्थित तारा मावि छेवेटारमा भलिबल खेल सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विश्व विद्यालय अनुदान आयोग (युजिसी) को सहयोग र गोनपा ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा शुक्रवार प्रशिक्षण कार्यक्रम भएको हो । युजिसीको समुदाय लक्षित विस्तारित सेवा कार्यक्रम अन्तरगत प्रशिक्षण कार्यक्रमको गरिएको बताइएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको शारिरिक शिक्षा विभागका विभागिय प्रमुख शैलेन्द्र शिलुवालले प्रशिक्षण दिएका थिए । गोरखा नगरपालिका र पालुङटार नगरपालिकाभित्रका माध्यमिक विद्यालयका खेलकुद शिक्षकहरुलाई प्रशिक्षण गराइएको द्रव्यशाह बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख शरण श्रेष्ठले बताए ।

कार्यक्रममा दुई नगरपालिकाभित्रका ३४ समुदायिक विद्यालयका ४५ जना शिक्षकहरु सहभागी थिए । कार्यक्रममां गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्