
छेवेटारमा क्रिकेट मैदान निर्माण हुदैँ
गोरखा नगरपालिका–१० स्थित छेवेटारमा क्रिकेट मैदान निर्माणको काम शुरु भएको छ । वडाबाट विनियोजित दश लाख रकमले मैदान निर्माणको काम शुरु भएको हो । करिव एक महिनाअघि देखि काम शुरु भएको वडाध्यक्ष प्रदिप कुँवरले बताए ।
८० फिट लम्वाई र ८० फिट चौडाइको मैदान बन्ने उनले जानकारी दिए । उनका अनुसार करिव ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘मैदानमा माटो फिलिङ, ग्याविन वाल र कम्पाउन्डिङको काम सकिसक्यो,’ उनले भने, ‘अबको एक महिनाभित्र बाँकी कामहरु सकिन्छ ।’
जिल्लामा हालसम्म क्रिकेट मैदान निर्माण नभएकाले पनि वडाले पहलकदमी लिएको उनले जानकारी गराए । ‘अहिले देशैभर क्रिकेटको क्रेज बढ्दो छ, त्यसैले युवा पुस्तालाई लक्षित गरेर क्रिकेट मैदान निर्माण गरेका हौँ’, उनले भने ।




