
यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोर्टस एकेडेमीलाई
द ओसन क्लवको आयोजनामा सम्पन्न भएको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोर्टस एकेडेमीले हात पारेको छ ।
गोरखा नगरपालिका–९ स्थित कृतिम घाँसे मैदानमा उपाधिका लागि शनिबार क्यासी स्पोटस एकेडेमी र थ्री स्टार क्लवबीच फाइनल खेल भएको थियो । उक्त खेलमा निर्धारीत समयमा १–१ गोलको बराबरी भए पछि पेलान्टी सुटआउटमा गएको थियो । पेलान्टी सुटआउटमा ३–२ गोल अन्तरले क्यासी स्पोटस एकेडेमी विजय बनेको हो ।
पहिलो बनेको क्यासी स्पोटस एकेडेमीले २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको थ्री स्टार क्लबले भने १० हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक द ओसन क्लबले जनाएको छ ।
सेमिफाइनलमा क्यासी स्पोटस एकेडेमी र जनजागृति युवा क्लव विच भएको खेलमा १–० गोल अन्तरले हराउदै क्यासी स्पोटस एकेडेमी फाइनलमा प्रवेश गरेको थियो । यस्तै थ्री स्टार क्लव र काँकडभित्ता फुटबल टे«निङ सेन्टर विच भएको खेलमा ३–१ गोलले हराउदै थ्री स्टार क्लब फाइनलमा प्रवेश गरेको थियो । थ्री स्टार क्लबका सितल राइ प्रतियोगिता सर्वोत्कृष्ट खेलाडि बनेका छन् ।
प्रतियोगिताको परुस्कार वितरण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना लगायतको उपस्थिति रहेको थियो ।




