
नवौं ओसन क्लब अन्तरगत नौ खेल सम्पन्न
गोरखा नगरपालिका–९ दलभन्ज्याङको खेलमैदानमा नवौं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ । ओसन क्लबको आयोजनामा बुधवारबाट प्रतियोगिता शुरु भएको हो । पहिलो दिन नौ खेल सम्पन्न भएको क्लबका अध्यक्ष अमित खत्रीले बताए । पहिलो खेल नव जनजागृती युवा क्लब र विराटनगर सिटी फुटबल क्लबबीच भएको थियो ।
उक्त खेलमा ४–१ को गोल अन्तरले नव जनजागृती बिजयी बनेको छ । थ्री स्टार क्लब र क्यासी स्पोर्टस एकेडेमीबीच भएको दोस्रो खेलमा ३–१ को गोल अन्तरले स्पोर्टस एकेडेमी बिजयी बनेको आयोजक क्लबले जनाएको छ । क्लबका अनुसार तेस्रो खेल लक्ष्मी सामुदायिक शिक्षा सदन र घोडाघोडी फुटबल एकेडेमीबीच भएको थियो । २–२ गोलको बराबरीमा खेल टुंगिएको क्लबका अध्यक्ष खत्रीले बताए ।
यता बाल्मिकी शिक्षा सदन र सोसियल वेलफेयर स्पोर्टस सेन्टर क्लबबीच भएको चौथो खेलमा ३–२ को गोल अन्तरले बालमिकी शिक्षा सदन बिजयी बनेको छ । पाँचौ खेलमा हिल्ली फिल्डर्स गोरखा एफसी बिजयी बनेको छ । प्रतिस्पर्धी वालिङ युनाइटेड फुटवल क्लब नआएपछि हिल्ली फिल्डर्स स्वतः बिजयी बनेको आयोजक क्लबले जनाएको छ ।
छैटौ खेलमा थ्री स्टार क्लब बिजयी बनेको छ । हिल्ली फिल्डर्स गोरखा एफसीलाई ४–० को गोल अन्तरले पछि पार्दै थ्री स्टार क्लब बिजयी बनेको हो । नब जनजागृती युवा क्लब र क्यासी स्पोर्टस एकेडेमीबीच भएको सातौ खेलमा ५–३ को गोल अन्तरले क्यासी स्पोर्टस बिजयी भएको छ । त्यस्तै विराटनगर सिटी फुटबल क्लब र वालिङ युनाइटेड फुटबल क्लबबीच भएको आठौ खेलमा बिराटनगर सिटी फुटवल बिजयी बनेको छ ।
वालिङ नआएपछि बिराटनगर स्वतः बिजयी भएको हो । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र ओल्ड क्यापिटल सेकेन्डरी स्कुलबीच हुने भनिएको अन्तिम खेलमा काँकडभिट्टा बिजयी बनेको छ । ओल्ड क्यापिटल उपस्थित नभएपछि काँकडभिट्टा स्वतः बिजयी बनेको हो । प्रतियोगिता अन्तरगत आज बिहीवार आठ खेल हुने बताइएको छ ।




