| बुधबार, अशोज १३, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पस तीन सातापछि सुचारु


गोरखाको द्रव्यशाह बहुुमुखी क्याम्पस तीनसातापछि सुचारु भएको छ । क्याम्पस सञ्चालक समिति र आन्दोलनरत विद्यार्थीहरु बीच क्याम्पस सञ्चालन गर्ने सहमतिपछि आइतबारबाट पठनपाठन सुचारु भएको छ ।


क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले १५ दिनभित्र राजिनामा गर्ने, लेखा अधिकृत सुजन कुँबर १५ दिनका लागि विदामा बस्ने र आन्दोलनरत विद्यार्थीहरुले क्याम्पसमा लगाएको ताला खोल्ने सहमति भएको सञ्चालक समितिले जनाएको छ ।


गत फागुन ८ गतेबाट क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख र लेखा अधिकृतको राजिनामा माग गर्दै ताला लगाएका थिए ।


लगातारको गृहकार्यपछि दुई पक्ष बीच केहीदिनअघि क्याम्पस सुचारु गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्