
माणिकामदेवी माविका १२० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण
धार्चे गाँउपालिका वडा नं. ४ लाप्राकस्थित माणिकामदेवी माविका १२० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । मिसन कम्युनिटी हेल्प नामक संस्थाले विद्यालयको बाल कक्षादेखि ४ कक्षासम्मका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका हो ।
उक्त पोशाक संस्थाका अध्यक्ष युक्त गुरुङले विद्यालयलाई हस्तान्तरण गरेका थिए । विद्यालयले प्राप्त पोशाक आभिभावकको रोहोबरमा विद्यार्थीलाई वितरण गरेएको प्रधानाध्यापक धनबहादुर गुरुङले बताए । आगामि वर्ष भने कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई पोशाक वितरण गर्ने संस्थाको योजना रहेको उनले बताए ।
‘माथितिर जाडो हुन्छ त्यहीँ भएर सुइटरसहितको विद्यालय पोशाक वितरण गरिएको छ’, उनले भने, ‘अहिले ४ कक्षा सम्मका विद्यार्थीलाई मात्र वितरण गरिएको छ, अर्को वर्ष ५ कक्षादेखि माथिका विद्यार्थीलाई वितरण गरिने बताएको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङको अध्यक्षता तथा संस्थाका अध्यक्ष युक्त गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, विद्यार्थीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।




