| बुधबार, अशोज १३, २०८३

महालक्ष्मी माविको ४८ औँ वार्षिकउत्सव स्म्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित्

गोरखा नगरपालिका ९ स्थित महालक्ष्मी मावि लक्ष्मीबजारको ४८ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार र आईतबार दुईदिने कार्यक्रम गरेर महालक्ष्मीले वार्षिकोत्सव मनाएको हो ।
विद्यालयले विभिन्न सांस्कृतिक एवं खेलकुद कार्यक्रम गरेर वार्षिक उत्सव कार्यक्रम मनाएको हो । विद्यालय व्यबस्थापन समितिका पूर्वअध्यक्ष, जेष्ठ नागरिक बुद्धिबहादुर कुँवरले कार्यक्रमको उद्घाटना गरेको विद्ययालयका प्रध्यानध्यापक चुणामणि काप्रीले बताए ।
कार्यक्रममा विद्यालयका प्रअले विद्ययालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक उत्सव कार्यक्रममा विद्यालयमा स्थापित १९ विभिन्न शीर्षकका अक्षयकोषबाट ७६ जना विद्ययार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको प्रअ काप्रीले बताए ।

‘विद्यार्थीहरुलाई पठनपाठनमा सहजता होस भनेर विभिन्न दाताहरुबाट छात्रवृत्ति कोष स्थापना गरी गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रबृत्ति दिएका छौँ’, उनले भने, ‘सबै विद्ययार्थीहरुलाई छात्रवृत्ति कार्यक्रममा समेट्न खोजेका छौँ ।’

विद्यालयमा अध्यनरत विद्ययार्थीलाई संघ संस्था र बैँकहरुले आर्थिक र स्टेशनरी सामान सहयोग गरेको उनले जानकारी दिए । वार्षिकउत्सवकै अवसर पारेर विद्यालयमा कार्यरत शिक्षक विष्णु घिमिरे, कृष्ण गुरुङ, सिता अर्याल बोगटी, रमिला पन्त र पूर्व शिक्षक नारायण केसीलाई सम्मान गरिएको छ । साथै, विद्ययालयमा कार्यरत कर्मचारीहरु मानबहादुर श्रेष्ठ, हरि कुँवर, प्रमिला थापा, बबिना श्रेष्ठ र श्रीमाया आलेलाई पनि उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको प्रअ काप्रीले बताए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष देबेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विव्यसका पुर्व अध्यक्ष बुद्धिबहादुर कुवँर, विद्यालयका पूर्व प्रअहरु बाबुराम अर्याल र लालप्रसाद श्रेष्ठ, बालमन्दिर माविका प्रअ शिव थापा, रत्नराज्य मावि बिरिन्चोकका प्रअ तेजबहादुर नेपाली, गोरखा क्याम्पसका प्रमुख नवराज पाण्डे, गुणस्तर लेखाजोखा तथा सुपरीवेक्षण समितिका अध्यक्ष शिव केसी, कल्स ओभर रिजेज् नेपाल गोरखाका व्यबस्थापक राजेश श्रेष्ठ, विव्यसका पूर्व अध्यक्ष रोलक बहादुर थापाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्