
सहिद लखनका अंग्रेजी शिक्षकहरुलाई लेखन सीप शिक्षण कार्यशाला
सहिद लखन गाउँपालिकामा अंग्रेजी शिक्षकहरुका लागि लेखन सीप शिक्षण सम्बन्धी एक दिने कार्यशाला गरिएको छ ।
द«व्यशाह बहुमुखी क्याम्पसले बिस्तारीत कार्यक्रम अन्र्तगत समुदायको बिकासमा योगदान पु¥याउनको लागि गुणस्तरीय शिक्षा प्रदान गर्न कार्यशाला गरेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगर र उपाध्यक्ष इन्दिरा तिवारीले लेखन सिप शिक्षण कार्यशालाले पालिकाको बिकासमा योगदान गरेको भन्दै थप यस्तै खालका अन्य कार्यक्रमहरु पनि गर्ने गराउन तयार रहेको प्रतिबद्धता जनाए ।
कार्यशालामा क्याम्पसका सह–प्राध्यापक कृष्ण पराजुली र उपप्राध्यापक धर्मजंग थापाले सहजिकरण गरेका थिए ।
क्याम्पस प्रमुख रामचन्द्र दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल र १५ वटा विद्यालयका २२ जना शिक्षकहरुको उपस्थिति रहेको थियो ।




