
गोरखामा दशौँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगीता शुरु
गोरखामा दशौँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता शुरु भएको छ । खेलकुद बिकास समितिको आयोजना र शक्ति माध्यमिक बिद्यालयको सह–आयोजनामा मंगलवारबाट प्रतियोगीता शुरु भएको हो ।
प्रतियोगीताको मंगलवार एक कार्यक्रमका बिच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन् । प्रतियोगीतामा चुमनुव्री वाहेक जिल्लाका अन्य सबै स्थानीय तहका बिद्यार्थीहरुको सहभागीता रहेको छ । चुमनुब्रीका पनि गत पुसमा नै पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न तर उनैहरुकै समस्याका कारण उपस्थित हुन नसकने भन्ने जानकारी प्राप्त भएको खेलकुद बिकास समिति अध्यक्ष शान्त सिं बस्न्यातले बताए ।
उनका अनुसार यसअघि पालिका स्तरमा भएको छनोट प्रतियोगीताका बिजेता खेलाडीहरु यस प्रतियोगीतामा सहभागी भएको हो । बिहीवारसम्म चल्ने प्रतियोगीतामा भलिवल, कवड्डी, एथलेटिक्स लगायतका खेलहरु हुनेछन् । प्रतियोगिताको पहिलो दिन छात्र, छात्राको भलिबल, लङजम्प, खोखो, दौड, कब्बडी खेल भएका छन् । दोस्रो दिन मार्सल आर्ट, तेक्वान्दो लगायतका खेलहरु हुनेछन् ।
प्रतियोगितामा आठ सय ४७ जनाको सहभागिता रहेको उनले जानकारी दिए ।
खेल शुरु हुनुअघि भएको मार्चपासमा बारपाक सुलिकोट गाउँपालिका पहिलो भएको छ ।




