| मङ्लबार, अशोज १९, २०८३

आजबाट गोरखा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखामा आजबाट जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ ।

सबै पालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएसँगै आजदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु गरिएको खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिंह बस्न्यातले बताए ।

गोरखा सदरमुकामको हरमटारी रंगशालामा प्रतियोगिता संचालन हुनेछ । १६ गतेदेखि १८ गतेसम्म प्रतियोगिता संचालन हुने अध्यक्ष बस्न्यातले जानकारी दिए ।

जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नेछन् । प्रतियोगितामा जिल्लाका ११ स्थानीय तहका खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्