
बारपाक सुलिकोट रनिङ शिल्डको उपाधी माँझथर माविले उचाल्यो
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी माझथर माविले जितेको छ । ९ स्वर्ण, चार काँस्य सहित माझथर मावि पहिलो भएको हो ।
पाँच स्वर्ण पदक र छ रजत र चार कास्य सहित हिमालय मावि बारपाक दोस्रो भयो भने चार स्वर्ण, नौ रजत र पाँच काँस्य सहित सूर्यज्योति मावि ताकुकोट तेस्रो भएको छ । प्रतियोगितामा बिजेता भएकालाई अध्यक्ष बिष्णुप्रसाद भट्टले शिल्ड, मेडल, ट्रफी, प्रमाण पत्र बितरण गरेका थिए । प्रतियोगितामा बिभिन्न १३ विधाका खेल खेलाइएको थियो ।
गाउँपालिकाबाट बिजयी खेलाडीलाई मंगलवारदेखि हुने जिल्ला स्तरीय प्रतियोगिताकालागि बिदाई गरिएको थियो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो ।




