| सोमवार, साउन १०, २०८३

श्रीमती कृष्णदेवी श्रेष्ठ कृयापुत्री घर तिर फर्कदा

रामचन्द्र आचार्य

वि.सं. २०७९ साल पौष ८ गतेको प्रात ः शूभ मुहुर्तमा पँदेली गो.न.पा. ६ गोरखा स्थित ‘श्रीमती कृष्ण देवी श्रेष्ठ त्रियापुत्री घरको’ स्थानीय बासीहरुका समुपस्थितिमा कृष्ण देवी आफैले हर्षोल्लासका साथ समुद्धघाटन गरेकी थिइन् । यस समुदायमा नितान्त आवश्यक भएको उक्त भवन निर्माण गर्ने मन पलाउनु नै उनको उदारता वा परोपकारिताको एक नमूना हो ।

त्यसमा आफ्ना परिवारजन तथा टोलबासीसँगैको परामर्समा छोटो समयमा उपभोक्ता समितिको सकृयतामा छिट्टै यस घरले मुर्तरुप लिन सक्नु उनको तथा हामी सवैको सन्तोषको विषय हो । आफ्नै निजी संपत्तिबाट लगभग २० लाख रुपैया खर्च गरेर सामाजिक आवश्यकतालाई सहयोग पु¥याइदिने परोपकारी मन प्रति हामी सवैले आभार प्रकट गर्नै पर्ने हुन्छ ।

आफ्नो निजी संपत्ति सामाजिक आवश्यकता खर्चनु उनको कल्याणकारी भावनालाई कदर गर्नै पर्छ । शिरोमणी कवि श्री लेखनाथ पौड्यालको कविताको निम्न श्लोकले पनि यसै सन्दर्भलाई साथ दिन्छ ।

उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको वृक्षको हाँगो न झुकेको कहाँ छ र ?

उक्त श्लोकको अन्तर्यले पनि उनी जस्ता गुणी व्यक्तिहरुकै विशेष विश्लेषण गरेको देखिन्छ । आफ्नै जीवन कालमै उक्त घरको सदुपयोग देख्न पाउने सौभाग्य बोकेकी उनको जीवनकाल पछि पनि यस आधुनिक सुविधा सम्पन्न भवनले आफ्नै लक्ष्य अनुसारको सेवा अनवरत रुपमा दिइरहने छ भन्ने विश्वास दिलाउनसकिन्छ ।

मानव प्रकृतिको उपज हो । चेतना तत्व द्रष्टा हो । उनले मातृभूमि प्रति दर्शाएको प्रेमको लहर भनौ वा आफ्ना उदारपनको आशक्ति हो । यो भवन पनि त एक प्रकारको तीर्थ नै हो, जहाँ गरिने कृयाकाष्टादिबाट प्रेत मोक्ष हुन्छ । त्यसैले उनको आध्यात्मिक चिन्तन्को चेत समर्पणमानै प्रतिविम्वित भएको प्रतीत हुन्छ । टोलबासीलाई उनले सुम्पेको उक्त घरको ताला साँचोको अन्तर्यमा प्रवेश गरेर हेर्दा संस्कार, सत्कार, सरसफाई, सम्वर्धन, संरक्षण आदिमा टोलबासीका कस्ता प्रतिविम्व देखिन्छ, त्यसैलाई मध्य नजर गरेर मूल्यांकन गरिनेछ ।

फलिभूत परिणामले उनी तथा आफ्ना परिवारजनका प्रतिक्रिया अझ बाक्लिने छ । माल पाएर चाल पाउनु, चाख देखाएर सेवा गर्नु पनि त टोलबासीको कर्तव्यभित्र पर्छ नि । सामाजिक यस क्रियापुत्री घरको स्थान सधैँ भर क्रियाशिलमय तथा हीरामय होवस् भन्ने हामी सवैको कामना छ ।

स्थानीयतहमा निर्माण गरिएको, परोपकारीताको उदाहरण वनेको यस क्रियापुत्री घरमा गरिने क्रियाकाष्टादि कार्यले प्रेतलाई मोक्षमार्ग प्रदर्शन गराउने यस स्थलको महिमा बाक्लिदो छ । पुरातात्वीक ऐतिहासिक सूचिमा दर्ज हुन गएको पोखरीथोक बजार स्थित ऐतिहासिक विष्णु पाञ्चायन तथा रानीपोखरीको समिपमा निर्माण हुनु नै सहयोगी भावनाको उपज मान्न सकिन्छ ।

लोभ, मोह, डर यी सवै धनका छाँया हुन् भनेता पनि त्यसलाई तोडेर आफ्नो आर्जन मानव हितको लागि खर्चन सक्नु पनि त उनको यस कार्यको समाजको लागि एक उदाहरणीय पक्ष मान्नै पर्ने हुन्छ । यो मात्रै होइन, आज भन्दा केही वर्ष अगाडि यहि वडाको तीनधारे दरवार—मार्ग स्थित कृष्ण मन्दिरको परिसरमा पनि यस्तै सामाजिक भवन निर्माण गराएर सामाजिकरण गराएर आफ्नो उदारताको परिचय उनले पस्किसकेकी थिइन् । जीवनमा अमृत भन्नुनै दया, धर्म, विवेक आदि हुन् । परिश्रम वा धनको लगानी विना कुनै फल पाइदैन ।

अन्य क्षेत्रमा गरिएको धनको लगानीले आफ्नो जीवनभर फाइदा त देला तर परोपकारीतामा खर्चिएको लगानीले आफ्नो शेष पछि पनि अदृश्य रुपमा आफ्नु र आफ्ना परिवारजनको उदारताको वकालत गरिरहेको हुन्छ । त्यसैले उचित स्थानमा गरिएको उपज भनेकै सत्य हो, जसले हमेसा उज्यालो छर्दछ ।

त्यसैले बुद्धिमान मानिसले बोलीले होइन, उपकारिता कर्मले उदाहरणीय कार्यको प्रदर्शन गर्नुमानै श्रेय देखिन्छ ।

जसरी वनस्पतिको पहिचान यसैको पातबाट खुल्छ, त्यसरीनै मानिसको पहिचान पनि समाजमा पस्किएको सुकर्मले आफ्नो मात्र होइन परिवारकै विलक्षणता झल्काउछ । उक्त कृयापुत्री घरमा गरिने क्रियाकर्मले यस्तै यस्तै प्रशंसा अन्तरनिहित गरेको हुन्छ ।

आफ्नो थात थलो वा जगबाट अलग्गिनु परे पनि यस स्मारकले युगौँ युग सम्म आफ्ना इतिहास भावि पुस्तालाई ओकलिरहने छ । प्रकृतिको नियमै यस्तै छ, वृक्षको पहेँलो पात न खसी नयाँ पालुवा लाग्दैन । त्यसैले आफ्नो जीवनको मार्ग आफैले तयार पनि हो । गुलाफ पूmलले दिने सौन्दर्य तथा सुवासनाको प्रेरक त्यसको पात र डाँठले पनि पाएको हुन्छ ।

अठार पुराणका रचनाकार श्री वेदव्यासले मूल तत्व ‘परोपकार पुण्याय पापाय परपीडनम्’ भनी बताएका छन् । वैदिककाल देखिनै परोपकारीतापनलाई जीवनमा प्राथमिकता दिँदै आएको भेटिन्छ । यस्तै नदी, रुख , गाई आदि पनि परोपकारीताको उदाहरणीय तथ्य पर्दशन गराई राखेका छन् । एक बारको जुनीमा जन्म र मर्नु त छँदैछ । यस्तो महत्वपूर्ण जीवनमा कुनै आफ्नै कार्यको छाप छाडेर जान सके उक्त फलले आफ्नो जीवन पछिको प्रतिनिधित्व गरिरहेको हुन्छ ।

दानीलाई हानी कहित्यै हुन्न भन्ने उक्ति पनि यहाँ सान्दर्भिक हुन आउछ । सेवा चरित्र नै सहजता हो । एक पक्षको परोपकारीताको उघाउनीले बाह्र मसलाको तेह्र स्वाद दिलाउँछ । इश्वरीय अनुग्रहले जीवनको सुन्दरतामा नूतन पन पछि रमिएका भावना तथा इन्दुरादि रसले यस कृयापुत्री घरको नामाङ्कनमा रत्न जडित भएको भए झन् विस्तृत हुने थियो कि ? आरम्भकाल देखि समुद्धाटन पर्व सम्म स्थानीय बासी श्री राजु बाबु श्रेष्ठको सक्रियता उल्लेखनीय खालको थियो ।

अन्त्यमा यस भवनको समुद्धाटन समयमा देखिएको उनको साथै आफ्ना परिवारका सक्रियताबाट अझ पनि समाजमा खड्किएका अन्य क्षेत्रमा पनि यस्तै उदाहरणीय भौतिक पक्ष मीठो फल मिल्न सकोस् भन्ने अपेक्षा गरेको छु ।
अस्तु (रामचन्द्र आचार्य, धारापानी—७, गोरखा)

प्रतिक्रिया दिनुहोस्