
गोरखाको बारपाक सुलिकोटमा राष्ट्रपनि रनिङकप सुरु
बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ६ मा शहिद आशाकाजी श्रेष्ठ स्मृति रंगशालामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड सुरु भएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले राष्ट्रपनि रनिङ शिल्डको उद्घाटन गरेका हुन् ।
उक्त प्रतियोगितामा पालिका भित्रका १० वटा माविबाट तीन सय ५० जना खेलाडी सहभागिता रहेको गाउँपालिका शिक्षा संयोजक भिमकुमार श्रेष्ठले बताए ।
प्रतियोगिताको पहिलो दिन हाइजम्फ, लङजम्प र सटपुट लगायतकाखेल सम्पन्न भएको उनले बताए । सो प्रतियोगितामा भलिबल, कबडी, एक सय, चार सय, आठ सय, १५ सय, तीन हजार मिटर दौड, त्रिपुल जम्प लगायतको खेलहरु संचालन हुने उनले बताए । प्रतियोगिता आइतबार सम्म चल्ने छ ।
पालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी तर्फबाट नर बहादुर गुरुङले, एमालेबाट होम बहादुर भट्ट र नेपाली काँग्रेसबाट नरहरी वाग्ले, पालिका शिक्षा अधिकृत बसन्त राज भट्ट लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।




