| सोमवार, अशोज १८, २०८३

लियोक्लवको वक्तृत्वकला प्रतियोगितामा लीलबहादुर प्रथम

लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा आरुघाट गाउँपालिका वडा नं ५ की लीलबहादुर गुरुङ प्रथम भएका छन् । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा आइतबार क्लवले आयोजना गरेको जिल्ला स्तरिय अपाङ्गमैत्री खुल्ला वकृत्वकला प्रतियोगिता गुरुङ प्रथम भएका हुन् ।

सो प्रतियोगितामा गोरखा नगरपालिका ८ आहालेकी लक्ष्मी श्रेष्ठ दोस्रो र भीमसेन थापा गाउँपालिका २ का केशव लामिछाने तेस्रो भएका छन् । उनीहरुलाई क्रमश नगद १०, ८ र ६ हजार सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक कोपिला गुरुङले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

क्लवका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपाङ्ग संघ गोरखाका अध्यक्ष अमर गुरुङ, लायन श्यामबाबु श्रेष्ठ, लायन्स क्लव अफ गोरखाका अध्यक्ष लक्ष्मण आचार्य, लायन रीता रेग्मी, लियो–लायन यम बसेल र यदुप्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्