| सोमवार, अशोज १८, २०८३

गोरखा नगर बिद्यालय स्तरिय हस्तलिखित प्रतियोगीतामा महालक्ष्मी मावि पहिलो

गोरखा नगर बिद्यालय स्तरिय हस्तलिखित प्रतियोगीतामा महालक्ष्मी मावि लक्ष्मीबजारकी भूमिका राना मगर पहिलो भएकी छन् ।

आफ्नो ३५ औ स्थापना दिवसको अवसर पारेर लियो क्लब अफ गोरखाले शनिवार गरेको प्रतियोगीतामा बालमन्दिर मावि छहरेकी निशा गुरुङ दोस्रो, सरस्वती मावि आहालेका बिशाल नेपाली तेस्रो र बिन्ध्यावासिनी मावि नारेश्वरकी रितिका कोइराला सान्त्वना भएका छन् ।

उनीहरुले क्रमश तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगद पुरस्कार पाएका छन् । क्लबका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा लायन्स क्लब अफ गोरखाका लक्ष्मण आचार्य, श्यामबाबु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्