| मङ्लबार, अशोज १९, २०८३

क्याम्पस प्रमुख कुट्ने र तोडफोड घटनाप्रति प्रजातान्त्रिक प्राध्यापक संघको भत्र्सना


द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि आक्रमण भएको घटनाको विरोध गर्दै प्रजातान्त्रिक प्राध्यापक संघले भत्र्सना गरेको छ ।

अध्यक्ष सञ्जय अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व गरिरहेको पार्टीका कार्यकर्ता तथा नगरप्रमुखका स्वकीय सचिवले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गरेकोप्रति आपत्ति जनाएको छ ।


संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै आधारमा शैक्षिक संस्थामा कार्यरत प्राज्ञिक व्यक्तित्वमाथि सत्ता र शक्तिको दुरुपयोग गरी माओवादी कार्यकर्ताले अराजक गतिविधि देखाएकोप्रति संघले विरोध जनाएको छ ।


विज्ञप्तिमा संघले आराधिक गतिविधि गर्नेमाथि कारबाही गर्न र अबका दिनमा यस्ता अवाञ्छित गतिविधि नदोहो¥याउन सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्