| मङ्लबार, अशोज १९, २०८३

जयसिह चुमीको १ सय ४६ औँ स्मृति दिवस सम्पन्न

नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकाको आयोजना तथा सहिदलखन थापा मगर तथा जयसिँह चुमी मगर प्रजातान्त्रिक युवा क्लवको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शैक्षिक सत्र २०७९ मा कक्षा कक्षा ५ र ८ मा गाउँपालिकाले संचालन गरेको परिक्षामा सबै भन्दा उच्च सिकाई उपलब्धी हाँसिल गरेका शिक्षकहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको थियो । १३ जना शिक्षकलाई जनही नगद ५ हजार सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा समन्वय कर्ता तथा कार्यक्रम संचालक मोहनराज विष्टले बताए ।

सोहि कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु गायक दीप सागर थापा, कमिटी च्याम्पिएनका खड्का बहादुर पुन र नृत्यकार दिपिका थापाले आफनो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लखन थापा स्मृति तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामो जनशक्ति मावि, नाम्जुङ पहिलो, सहिदस्मृति मावि बुङ्कोट दोस्रो र भगवती हिमालय मावि, घैरुङ तेस्रो भएका थिए ।

यस्तै, यसअघि फागनु १ गते द्वन्द्व प्रभावित(तत्कालिन विद्रोही र सरकार पक्षका) व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिएको थियो । उक्त अन्तरक्रियाबाट पालिका भित्रका द्वन्द्व प्रभाििवत व्यक्तिहरुको तथ्यांक संकलनका लागि तदर्थ समिति गठन भएको समेत उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगरको अध्यक्षता, गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यता तथा प्रतिनिसभाका सांसद राजेन्द्र बजगाईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगर, उपप्रमुख लिला परियार, पालिका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढनुहोस

प्रतिक्रिया दिनुहोस्