| सोमवार, साउन १०, २०८३

देशभक्ति र लोकतन्त्रका प्रतीक : प्रथम शहीद लखन थापा मगर

जीवन आले मगर

नेपाली जनताहरुलाई अधिकार विहिन तुल्याएर शोषण, अत्याचार र थिचोमिचो गरी वि।स। १९०३ देखि २००७ सम्म कायम रहेको निरङ्कुश जहानियाँ राणाशासनको समय नेपालको इतिहासमा कालरात्रीको अँध्यारो युगको रुपमा रहेको थियो । यस्तो अत्याचारी शासन व्यवस्थाको सुत्रधारकर्ता थिए वीरनरसिंह कुँवर (जङ्ग बहादुर राणा) उक्त जन(विरोधी राणा शासन व्यवस्था विरुद्ध राजनैतिक सङ्गठन गरी विरोध गर्ने पहिलो व्यक्ति थिए लखन थापा मगर ।

लखन थापा मगरको जन्म वि.स. १८९१ मा गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं ७ काँहुले भङ्गार, बुंकोटमा भएको थियो । वीस वर्षको युवावस्थामा लखन थापा मगर नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन) मा भर्ना भए । फूर्तिला र चल्तापूर्ता भएकाले सेनामा भर्ना भएको १४ वर्षको छोटो अवधि वि.स. 1925 मा उनी क्याप्टेन पदमा पुग्न सफल भए ।

नेपाली सेनाको जिम्मेवारी वहन गर्ने सिलसिलामा उनी तत्कालीन समयमा राणा विरोधी अभियानमा सक्रिय रहेका युवराज त्रैलोक्य विक्रम शाहको अङ्गरक्षक समेत बनेका थिए । लखन थापा मगर मगर इ.स. 1857 मा अङ्ग्रेज उपनिवेस विरुद्ध भएको सैनिक विद्रोह दवाउन आफ्नो पल्टनसँगै बाध्य भएर भारतको लखनउ पुगेका थिए ।

भारतीय सैनिक र जनताहरुले आफ्नो देशको स्वतन्त्रता र स्वाभिमान स्थापनाको लागि गरेको कठोर सङघर्ष नजिकबाट अनुभूत गरेका लखन थापा मगरलाई नेपालमा कायम रहेको जनविरोधी राणाशासनको विरुद्धमा पनि जनक्रान्ति गर्नुपर्ने प्रेरणा मिल्यो ।

राणा शासन विरुद्ध प्रथम जनविद्रोहः

राणा शासन विरुद्ध जनआन्दोलनको आँधीवेहेरी सिर्जना गर्ने उद्देश्यले लखन थापा मगरले वि.स. 1927 मा सैनिक सेवा त्याग गरी नेपाली जनताहरुलाई राणातन्त्र विरुद्ध सचेतना प्रदान गरी जनसङ्गठन गर्ने कार्यमा क्रियाशिल भए । सङ्गठित नेपाली जनताहरुको सहयोगमा गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं ७, बुङ्कोटको काहुले भङ्गार भन्रुने स्थानमा लखन थापा मगरले राणाशासन विरुद्ध बलियो किल्ला (गढी) निर्माण गरे । सुरक्षाको दृष्टिकोणले उक्त किल्लाको बाहिरी भागमा वङ्कर बनाइएको थियो भने ८ क्युविट्स चौडाइ र १६ क्युविट्स उचाइ रहेको चारैतर्फ ढुङ्गाको पर्खाल लगाइएको थियो । किल्लाको दक्षिण पूर्वमा करिब एक सय मिटर तल परेड मैदान निर्माण गरिएको थियो ।

लखन थापा मगर राणाशासनलाई छिटो भन्दा छिटो उखेलेर फ्याँक्न चाहन्थे । त्यसैले राणातन्त्र विरोधी अभियानमा छोटो समयमा नै धेरै भन्दा धेरै मानिसहरुलाई सङ्गठित गर्ने उद्देश्यले सिद्ध लखन थापा मगर र मनकामना माईको समेत प्रचार गरेका थिए । किल्लाको बीच भागमा पाँच तल्ले दरबार बनाई त्यही नै उनले मनकामनाको पूजा समेत चलाएका थिए । उक्त दरबारको दक्षिण पश्चिममा ढुङ्गेधारा सहितको पानी पोखरीको निर्माण गरिएको थियो ।

किल्ला परिसर भित्र मनकामना माईको पूजा एवं जोसमनी (धर्म) को व्याख्यान सुनाउनका लागि भन्दै दैनिक रुपमा हजारौँ मानिसहरुलाई जम्मा गरी राणाशासन विरुद्ध संगठित हुन आह्रुवान गरिन्थ्यो । त्यतिवेला एकत्रित भएका मानिसहरलाई सम्बोधन गर्दै लखन थापा मगरले भन्ने गर्दथे ‘म सिद्ध लखन थापा मगरको अवतार हुँ ।

जङ्गबहादुरले नेपाल म्लेच्छ (अंग्रेज) लाई वेच्यो । दुनियाँ (सबै नेपाली जनता) लाई त्राही (त्राही बनाइएको छ । जङ्गबहादुरलाई शासनको बागडोरबाट हटाई नेपालमा सत्ययुग (प्रजातान्त्रिक स्वणिर्म व्यवस्था) फिराऊ भनी मलाई मनकामना माईले आज्ञा दिनुभएको छ ।लौ हामी सबै तयार होऔं ।‘ लखनको यस्तो उद्रुघोषको कारण छोटो अवधिमा नै करिब दुई हजारको सङ्ख्यामा नेपाली जनताहरु राणाशासन व्यवस्था विरोधी उक्त अभियानमा गोलबद्ध भए । उक्त सङ्गठन नै नेपालको इतिहासमा पहिलो राजनीतिक सङ्गठन थियो ।

वि.स. 1932 चैत्र ३१ गते प्रजातान्त्रिक शासन सञ्चालनको राजनीतिक घोषणापत्र जारी गरी राणाविरोधी अभियानमा सक्रिय जनताहरुले लखन थापा मगरको नेतृत्वमा जङ्गबहादुर राणाको सरकार विरुद्ध समानान्तर जनसरकारको घोषणा गरे । उक्त जनसरकारको प्रमुख वा प्रधानमन्त्री लखन थापा मगरलाई बनाइएको थियो भने जनसेनाको जनरल वा सेनापतिको जिम्मेवारी जहरे (जयसिंह) चुमी राना मगरलाई दिइएको थियो ।

त्यसैगरी जीतमान गुरुङ्ग, विराज थापा मगर, जुठ्या थापा मगर र झिल्के कुराल राना मगरलाई जनसेनाको कर्णेल बनाइएको थियो । त्यसैगरी काहुले नजिकै छिमेकी गाउँ बकेन्श्वराका चेत बहादुर श्रेष्ठलाई जनसेनाको क्याप्टेन बनाइएको थियो । उक्त जनसरकारका सदस्यहरुमा पलसिं अछामी थापा मगर, अजपसिंह थापा मगर, कालु (कानु) लम्साल, सुकदेव गुरुङ्ग, सुपति गुरुङ्ग, सन्त ज्ञानदिल दास लगायतका प्रजातान्त्रिक योद्धाहरु रहेका थिए । यो कार्य जङ्गबहादुरको सत्ता विरुद्ध ठाडो चुनौती थियो भने उनको सरकार विरुद्ध जनस्तरबाट गठित पहिलो वैकल्पिक सत्ता पनि थियो । यो घटना नेपालको इतिहासमा राणातन्त्र विरुद्ध पहिलो जनविद्रोह थियो ।

जनविद्रोह माथि दमन र फाँसी :

गोरखामा लखन थापा मगरको नेतृत्त्वमा राणा शासन र तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरको सरकारविरुद्ध जनताहरुले विद्रोह गरेको खबर तत्कालीन सरकारी संयन्त्र मार्फत जङ्गबहादुर समक्ष पुग्यो । लखन थापा मगरको नेतृत्त्वमा गोरखामा राणाशासन व्यवस्था विरुद्ध जनताहरुले विद्रोह गरेको खबर पाल्पाका मेजर कप्तान शम्सेर जङ्ग थापा क्षेत्री, सुब्बा वीरमान जङ्ग थापा क्षेत्री र सुवेदार वुदलसिंह बस्न्यात समक्ष जाहेर गरे । ती सरकारी अधिकारीहरुले काठमाडौँको इन्द्रचोक पुलिस स्टेशन मार्फत उक्त खबर प्रधानमन्त्री जङ्गबहादुर राणा समक्ष पु¥याए । यस्तो खबर प्राप्त हुनासाथ जङ्गबहादुर क्रुद भई विद्रोहलाई दमन गर्न तत्काल देवीदत्त रेजिमेन्टका तीन कम्पनी सेना गोरखा पठाउन आदेश दिए ।

जङ्गबहादुरको आदेश बमोजिम देवीदत्त रेजिमेन्टका सैनिकहरु गोरखा बुङ्कोटको काहुले गाउँ पुगे । लखन थापा मगरको विद्रोही किल्ला र पूरै काहुले गाउँलाई देवीदत्त रेजिमेन्टका सैनिकहरुले चारैतर्फबाट घेराबन्दी गरे । सरकारी सेना र जनसेनाको बीचमा भिषण युद्ध भयो ।

अन्त्यमा सरकारी सेनाले जनसरकारका प्रधानमन्त्री लखन थापा मगर लगायतका मुख्य विद्रोही नेताहरुलाई प्रकाउ गरे ।त्यतिवेला खानतलास गर्दा देवीदत्तका सैनिकहरुले जनसेनाको साथबाट ६० नाल बन्दुक लगायत अन्य युद्ध सामाग्री वरामद गरे ।

विद्रोही नेता लखन थापा मगर र जनसरकारका मुख्य व्यक्तिहरुलाई पाता फर्काएर हातमा फलामको सिक्रीले बाधी कठोर यातना दिई बाँसको पिँजडा (कोक्रा) मा राखेर सरकारी सेनाले काठमाडौं चलान गरे । अन्य करिब ५० जना व्यक्तिहरुलाई पैदल हिडाँएर काठमाडौं लगियो । ती सबै विद्रोहीहरुलाई जङ्गबहादुर राणाको निवास थापाथली दरबारमा पु¥याई निर्मम रुपमा नेल ठोकी कोर्रा हानियो । चरम यातना दिंदा पनि नेपाल आमाका यी क्रान्तिकारी सपूतहरु राणा शासक सामु झुकेनन् । बरु सगोल देशको हित र जनअधिकार स्थापनाका लागि वलिवेदीमा होमिन तयार भए ।

त्यसपछि जङ्गबहादुर राणा झनै क्रुद्ध भई लखन थापा मगर, जयसिंह चुमी राना मगर , विराज थापा मगर जुठ्रुया थापा मगर, जीतमान गुरुङ्ग, अजपसिंह थापा मगर र पलसिंह अछामी थापा मगरलाई मृत्युदण्ड दिने आदेश सुनाए । केहीलाई कारावासको सजाय तोकियो ।

जङ्गबहादुर राणाको आदेश बमोजिम मृत्युदण्डको सजाय तोकिएका सातै जनालाई काठमाडौँबाट गोरखा बुंकोट काहुलेमा उनीहरुले नै निर्माण गरेको विद्रोही किल्ला परिसरमा पु¥याइयो । स्थानीय मानिसहरुलाई समेत त्रसित गराउने र राणाविरोधी कार्य नगर्न चेतावनी दिने उद्धेश्यले किल्ला परिसरमा स्थानीय जनताहरुलाई जम्मा गरियो ।

स्थानीय मानिसहरुको उपस्थितिमा सर्वप्रथम विद्रोही नेता लखन थापा मगरलाई छाला काढेर अमिलो चुक लगाई वर्वतापूर्वक किल्लाभित्रको मनकामना थानको सामुन्रुने झुण्डाइयो । उनलाई झुण्ड्याएको बायाँतर्फ जयसिंह चुमी राना मगरलाई फाँसी दिइयो । त्यसपछि अन्य पाँच जना विद्रोहीहरुलाई समेत उक्त स्थानमा सोही दिन प्राणदण्डको सजाय दिइयो ।यसरी एकैदिन नेपाल आमाका ७ जना क्रान्तिकारी योद्धाहरुले शहादत प्राप्त गरे ।

जुनवेला लखन थापा मगर लगायतका विद्रोहीहरुलाई झुण्डाउने तयारी भइरहेको थियो । त्यतिवेला उपस्थित जनसमुदायलाई सम्वोधन गर्दै लखन थापा मगरले उद्रुघोष गरेका थिए ुयदि म मुर्दा (मृत्यु) अवस्थामा परिणत भए भने जङ्गबहादुरको पनि प्राण अन्त्य हुनेछ । उनको यो भनाईले तत्कालीन समयमा जनक्रान्तिको ज्वारभाटा सिर्जना भइसकेकोले राणा (शासकहरुले लखन थापा मगरको भौतिकरुपलाई नष्ट गरेपनि उनको प्रजातान्त्रिक सुनौलो किरण छर्ने विचारलाई मार्न सक्दैन भन्ने सङ्केत गरेको थियो ।

त्यसैले राणा शासन विरुद्धको जनविद्रोहका लखन थापा मगरको हत्या भएपनि अन्य विद्रोहीहरुबाट निरन्तर जनविद्रोह रुपमा अघि बढ्ने र त्यस विद्रोहको ज्वारभाटाले जङ्गबहादुर राणाको सरकार र उनको भौतिक जीवनलाई छिट्टै नै अन्त्य गरी छाड्ने विश्वास लखन थापा मगरले व्यक्त गरेका थिए ।

यस सम्बन्धमा रोचक विषय के रहेको छ भने लखन थापा मगरको अपेक्षा र विश्वास अनुरुप नै शिकार यात्रामा निस्किएका जङ्गबहादुर राणालाई प्रथम जनविद्रोहमा प्रशिक्षित एकजना मगर विद्रोहीले धादिङ्गको वेनीघाटमा खुकुरी प्रहार गरी घातक आक्रमण गरे । घटनाको ढाकछोप गर्ने उद्देश्यले उक्त आक्रमणबाट गम्भीर घाइते भएको अवस्थामा रौतहटको पत्थरघट्टामा पु¥याइएका जङ्गबहादुरको वि।स।ज्ञढघघ साल फागुन १६ गते नै मृत्यु भयो ।

प्रथम शहीदको सम्मानः

नेपाल मगर संघ, आदिवासी जनजाति महासंघ, प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान, इतिहासविद, वुद्धिजिवी, लेखक र सर्वसाधारणहरुको निरन्तरको पैरवी पश्रुचात् नेपाल सरकारले लखन थापा मगरलाई वि.स. २०५६ मा शहीद घोषणा गरी वि.स. द्दण्ठद्द असोज ३ गतेको मन्त्रिपरिषद्को वैठकले प्रथम शहीदको औपचारिक मान्यत प्रदान गरेको छ ।

संघीय शासन प्रणालीको अवलम्वन सँगै प्रथम शहीदको सम्मानमा स्थानीय सरकारको रुपमा शहीद लखन गाउँपालिकाको नामाकरण भएको छ । उक्त गाउँपालिका र मगर संघ, प्रतिष्ठान लगायतका सरकारी तथा नागरिक स्तरवाट प्रत्येक वर्ष फागुन २ गते स्मृति कार्यक्रम गरी प्रथम शहीद लखन थापा मगर र उनका सहयोद्धा शहीदहरुलाई सम्मान र सम्झना गरिँदै आएको छ ।

अवको आवश्यकता :

प्रथम शहीद लखन थापा मगरलाई जनस्तरबाट जसरी श्रद्धा र सम्मान गर्ने गरिएको छ त्यसको तुलनामा सरकारी स्तरबाट अत्यन्तै कम सम्मान र प्राथमिकता दिइएको पाइन्छ । त्यसैले सबैभन्दा पहिलो आवश्यकता भनेको उनको बलिदानीपूर्व योगदान र ऐतिहासिक गरिमालाई सिङ्गो राज्य र सत्ताधारी शासकहरुले महत्त्व र प्राथमिकताको विषय बनाउनु पर्दछ ।

शहीद दिवसको सन्दर्भमा गरिने कार्यक्रममा लखन थापा मगर लगायत प्रथम जनविद्रोहका सबै शहीदहरुको नाम सूचीवद्ध गरी उनीहरु प्रति श्रद्धा र सम्मान प्रदान गरिनु पर्दछ । साथै प्रथम जनविद्रोहका योद्धाहरुले शहादत प्राप्त गरेको दिन राज्यले राष्ट्रिय दिवसको रुपमा प्रथम शहीद स्मृति दिवस मनाउनु पर्दछ ।

देशको हित र जनअधिकारको स्थापना र प्रजातान्त्रिक शासन प्रणाली स्थापनाको लागि नेपालीहरुलाई वलिदानीपूर्व योगदान दिन मार्गदर्शन गर्ने प्रथम शहीद लखन थापा मगर र अन्य शहीदहरुका लागि समेत प्रेरणाक श्रोत हुन् । देशका लागि प्राण उत्सर्ग गर्ने शहीदहरुप्रति सम्पूर्ण देशवासीहरुको शीर श्रद्धाले झुकेको हुन्छ । त्यस्ता आदर्शवान शहीदहरुमध्ये पनि प्रथम शहीदको उपाधि अद्वितीय रहेको हुन्छ ।

त्यसैले प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिनु औचित्यिपूर्ण र सान्दर्भिक हुन्छ । लखनसँगै शहादत प्राप्त गर्ने अन्य छ जना वीर सपूतहरुलाई राज्यले शहीद घोषणा गरी सम्मान प्रदान गर्नुपर्दछ । साथै त्यतिवेला जनविद्रोमा सक्रिय भएका र जेलनेलको सजाय भोगेका क्रान्तिकारी प्रजातान्त्रिक योद्धाहरुलाई ‘प्रथम जनविद्रोहका योद्धा’ को उपाधि सरकारी स्तरबाट नै प्रदान गरिनु न्योयोचित हुन्छ ।

प्रथम शहीद र उनीसँगै शहादत प्राप्त गर्ने अन्य अग्रणी शहीदहरुको सङ्घर्ष र वलिदान देशभक्त नेपालीहरुका लागि प्रेरणाको श्रोत बन्न सक्दछ । त्यसैले उनीहरुको गौरवगाथा विद्यालय र विश्वविद्यालयका विभिन्न पाठ्यक्रमहरुमा समावेश गरी देशभक्तिको भावना जागृत गराउनु अत्यावश्यक छ ।

नयाँ पुस्ताका बीचमा परिचित गराउन र उनीकै बलीदानीपूर्ण योगदानलाई जीवन्तता प्रदान गर्नका लागि प्रथम जनविद्रोहका शहीद र योद्धाहरुको नाममा राष्ट्रिय मान पदवी, विभूषण, पुरस्कार र सम्मानका साथै राष्ट्रिय स्तरको रङ्गशाला, हवाइमैदान, राजमार्ग, विश्वविद्यालय, विद्यालय, एकेडेमी निर्माण गरी सञ्चालन गरिनु जरुरी छ । यसतर्फ संघ, प्रदेश र स्थानीय सरकार एवम् समस्त नेपालीजनको ध्यान जानुपर्दछ ।

प्रथम शहीद लखन थापा मगरको सम्बन्धमा सरकारी उदासिनताले गर्दा अहिले सम्म पनि गहन अध्ययन र खोजी हुन सकेको छैन भने उनको ऐतिहासिक किल्लाको उचित संरक्षण र विकास हुन सकेको छैन । तसर्थ राज्यले समयमा नै पुरातत्त्वविद र इतिहासकारहरुको टोली गठन गरी उनको किल्लाको उत्खन्न तथा अध्ययन गर्नुपर्दछ । साथै प्रथम शहीदको ऐतिहासिक किल्लाका पुरातात्विक सामग्रीहरुको संरक्षण गरी पुरातात्विक, ऐतिहासिक साँस्कृतिक एवम् पर्यटकीय स्थलको रुपमा उक्त किल्लाको विकास गर्नुपर्दछ ।

उक्त किल्लाको विकासका लागि गाउँपालिकाले बनाएको गुरुयोजना अनुरुपको विकासका लागि सबै तहका सरकार एवम् सामाजिक र गैरसरकारी संघ संस्थाहरुले समेत साथ र सहयोग आवश्यक हुन्छ । किल्ला परिसरमा भेटिएका पुरातात्त्विक सामग्री, ऐतिहासिक दस्तावेज लगायत प्रथम जनविद्रोहसँग सम्बन्धित चिजवस्तुहरुको संकलन, संरक्षण र सर्वसाधारण मानिसहरुका बीच प्रदर्शन गरी जानकारी प्रदान गर्नका लागि प्रथम शहीद लखन स्मारक संग्रहालय निर्माण गर्नु आत्यावश्यक छ ।

आम नेपाली जनमानसमा लखन थापा मगर र उनका सहयोद्धाहरुको त्याग, बलिदान र योगदानको बोध भइसकेको छ । त्यसैले अब उनीहरुलाई इतिहासको ओझेलमा सीमित गर्ने प्रयास निरर्थक हुनेछ । न्याय र समानताका प्रतिमूर्ति शहीदहरुप्रति सिङ्गो राष्ट्र र सबै जनताहरुले गौरव गर्न सक्नुपर्दछ ।

अतस् प्रजातन्त्र एवम् लोकतन्त्रका सम्बाहक शहीदहरुप्रति राष्ट्रिय सम्मान हुन सकेमा सिङ्गो देश र देशवासीहरुको शीर उच्च रहन सक्दछ । साथै प्रजातान्त्रिक आन्दोलनका प्रथम शहीद लखन थापा मगर लगायतका सम्पूर्ण शहीदहरु प्रति सच्चा श्रद्धा र सम्मान पनि हुनेछ ।

(जीवन आले मगर (नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर नामक शोधग्रन्थका शोधकर्ता एवम् लेखक)
इमेलः jeewankusum@gmalif.com
मोबाइलः ९८५१०६५०२०

प्रतिक्रिया दिनुहोस्