
वक्तृत्वकला कला प्रतियोगितामा महेन्द्र माविका लामा पहिलो
गोरखा नगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि कुन्दुरका मन्दिप लामा पहिलो भएका छन् । दण्डपाणि अज्र्याल स्मृति केन्द्र, काठमाडौं र सरस्वती मावि आहालेको सहकार्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा महेन्द्र माविका लामा पहिलो भएका हुन् ।
‘नेपाल राष्ट्र निर्माणमा गोरखालीहरुको भूमिका’ विषयमा भएको प्रतियोगितामा द ओल्ड क्यापिटल माविका प्रजिता बानियाँ दोस्रो भएकी छन् भने शक्ति माविकी समिना पन्त तेस्रो भएका दण्डपाणि स्मृति केन्द्रले जनाएको छ ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद सात, पाँच, तीन हजार सहित प्रमाण पत्रले सम्मान गरिएको सरस्वती माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए । नगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा १७ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई एक÷एक हजार उपलब्ध गराइएको उनले बताए ।
केन्द्रका अध्यक्ष इश्वरचन्द्र बानियाँको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका महासचिव कविल चन्द्र खनाल, सचिव जनार्दन कट्टेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद कट्टेल, विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।




