| सोमवार, अशोज १८, २०८३

अन्तरमावि चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका राना प्रथम

गोरखा नगरपालिकास्तरीय अन्तरमावि चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका अभिषेक राना प्रथम भएका छन् । लियो क्लव अफ गोरखाको आयोजनामा शहिद दिवसको अवसरमा भएको चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका राना प्रथम भएका हुन् ।

चित्रकला प्रतियोगितामा सरस्वती मावि आहालेका आशिष गुरुङ दोस्रो र शक्ति माविकी भूमिका थापा तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश तीन, दुई र एक हजार सहित मेटल र प्रमाणपत्रले सम्मान गरिएको कार्यक्रम संयोजक ब्लेसन बयलकोटीले बताए । सान्त्वना हुने बाल मन्दिर माविका संजिता सुनारलाई नगद रु ५ सय सहित प्रमाणपत्र वितरण गरिएको उनले बताए ।

चित्रकला प्रतियोगितामा २३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्