| बिहिबार, अशोज २१, २०८३

केयूका विद्यार्थीद्वारा बालमन्दिरका अनाथ बालबालिकालाई अत्यावश्यक सामग्री प्रदान


काठमाडौँ विश्वविद्यालयका व्यवस्थापन संकाय पढ्ने पाँच जना विद्यार्थीले गोरखाको बालमन्दिर माविका अनाथ बालबालिकालाई अत्यावश्यक सामग्री प्रदान गरेका छन् ।

भ्रमणको क्रममा गोरखा आएका उनीहरुले शुक्रबार विद्यालय पुगेर त्यहाँ बसोबास गर्ने अनाथ बालबालिकालाई शैक्षिक, खेलकुदका र खाद्यान्न सामग्री प्रदान गरेका हुन् ।


७० हजार रुपैयाँ बराबरको सामान र १० हजार नगद प्रदान गरेका प्रधानाध्यापक शिव थापाले जानकारी दिए । ‘वाटर फिल्टर, पानी तताउने जग, खेलकुदका सामग्री, खाद्यान्न सामग्री प्रदान गरेका छन्’, प्रअ थापाले भने ।


सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नं. ६ का अध्यक्ष राजेन्द्रप्रसाद जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्