| बिहिबार, अशोज २१, २०८३

गोरखामा रुम टु रिडद्धारा अधिकारका लागि दौड प्रतियोगिता सम्पन्न

गोरखामा रुम टु रिड कार्यक्रम लागु भएका चार वटा स्थानीय तहका अधिकारका लागि दौड प्रतियोगिता सम्पन्न भएको छ । ११ औँ अन्तराष्टिूय बालिका दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न भएको हो । रुम टु रिड द्वारा सन्चालित बालिका शिक्षा कार्यक्रम लागु भएका बिधालयहरुमा अक्टोबर १४ बाट शुरु भै २१ अक्टोबर २०२२ मा दौड प्रतियोगिता सम्पन्न भएको हो ।

सो बालिका शिक्षा कार्यक्रम जिल्लाका गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, भिमशेनथापा गाउँपालिका र सिरानचोक गाउँपालिकाकाका १४ वटा विद्यालयमा लागु भइरहेको छ । प्रतियोगितामा ति विद्यालयमा अध्ययरत कक्षा ६ र ७ का तीन सय ३९ बालिकाहरुले दौड प्रतियोगितामा सहभागिता जनाएको जानकारी रुम टु रिड गोरखा अन्तर्गत बालिका शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक ज्योति आचार्यले दिइन् ।

‘अवको समय हाम्रो(हाम्रो अधिकार हाम्रो भविष्य’ भन्ने नारा सहित गोरखामा ११ औँ अन्तराष्टिूय बालिका दिवसमा अवसरमा दौड प्रतियोगिता आयोजना गरिएको थियो । ११ अक्टोबरमा मनाइने अन्तर्राष्टिूय बालिका दिवसको अवसरमा बालिकाहरुले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्न र उनीहरूको सशक्तिकरण र मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले दौड प्रतियोगिताको आयोजना गरिएको आचार्यले बताइन् ।

आयोजना गरिएको दौड प्रतियोगितामा १४ वटा विद्यालयहरुका प्रधानअध्यापक ज्यु यवं केहि विधालयका बिधालय व्यवस्थापन समितिका अधक्ष्य ज्युहरु बाट प्रथम, द्वितीय र तृतीय हुने जम्मा ४२ बालिकाहरुलाई शैक्षिक सामग्री, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको जानकारी ज्योति आचार्यले दिइन् ।

प्रतिक्रिया दिनुहोस्