
दशैँमा वर्षातको पूर्वानुमान गरिएकाले सचेत रहनु : गोरखाका प्रजिअ आचार्य
मौसम पूर्वानुमान माहाशाखाले असोज १८ गते देखि भारी वर्षात हुन सक्ने पूर्वानुमान गरेकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालय गोरखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।
दशैँका बेला चाडबाड मनाउन गाउँ फर्कनेहरु, आफन्तकहाँ टिका थाप्न हिड्नेहरु, यात्रामा निस्केकाहरु र सर्वसाधारण सबैलाई सचेत रहन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले अनुरोध गरे ।
मौसमबिद्हरुले दशैँको टिकाको दिन भारी वर्षात हुने अनुमान गरेपछि प्रशासनले जिल्लाबासी नागरिकको सुरक्षा सर्तकताका लागि सुचना जारी गरेको हो ।

वर्षातका कारण आउजाउमा समस्या हुन सक्ने, बाढी पहिरोको जोखिम हुन सक्ने भन्दै सुरक्षा निकाय, स्थानीय तह, बिभिन्न सरोकारवाला निकाय, कार्यालय, संघ संस्थालाई पनि सचेत भएर तयारी अवस्थामा रहन प्रजिअ आचार्यले आग्रह गरे ।
साथै सर्वसाधारण नागरिकलाई वर्षातका कारण हुन सक्ने क्षतीको पूर्वानुमान गर्दै सचेत रहन प्रमुख जिल्ला अधिकारी आचार्यले अनुरोध गरे ।
कहिँ कतै समस्या परेमा वा क्षती पुगेमा समयमै जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी चौकी, स्थानीय तहहरुलाई खबर गर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।




