| बिहिबार, अशोज २१, २०८३

सरस्वती मावि फिनाममा शुभकामना अदान प्रदान एवं रक्तदान कार्यक्रम

गोरखा नगरपालिका वडा नम्बर ४ फिनाम स्थित सरस्वती मावि फिनाममा दशैँको अवसरमा रक्तदान एवं शुभकामना आदनप्रदान कार्यक्रम भएको छ ।


सरस्वती मावि भूतपूर्व विद्यार्थी संघको आयोजना, रेडक्रस गोरखाको सहयोग र ओम बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा फुलपातीको अवसर पारेर आईतवार गरिएको कार्यक्रममा ११ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका शुवास घिमिरेले बताए ।


सरस्वती मावि भुतपूर्व विद्यार्थी संघका अध्यक्ष हरि खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष लालप्रसाद भट्टराईको प्रमुख आथित्यता रहेको थियो ।


कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख, बचत संस्थाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण सरोज घिमिरेले गरेका थिए ।


सोही अवसरमा विद्यालयका भूतपूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्