
गोरखामा साक्षरता दिवसको अवसरमा घुम्ती पुस्तकालय
साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण भन्ने नारासहित गोरखामा ५६ औं अन्तराष्टिूय साक्षरता दिवस विविध कार्यव्रmम गरी मनाएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र एकिकरण नेपाल गोरखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
साक्षरता कार्यव्रmम अन्तरगत साक्षरता कार्यव्रmम लागु भएका १०० विद्यालयहरुमा विविध कार्यव्रmम गरी मनाइयो हो भने गोरखा बजारमा घुम्ती पुस्तकालय संचालन गरिएको रुम टु रिड गोरखाका प्रमुख शुसिल तिम्सिनाले बताए ।
गोरखा जिल्लाकै इतिहासमा पहिलो पटक संचालन गरिएको घुम्ती पुस्तकालयमा रमाइला, रोचक बालसाहित्यमा ५०० थान पुस्तकसहित गोरखा बजारमा मुख्य मुख्य चोकहरुबाट सेवा प्रदान गरिएको उनले बताए । घुम्ती पुस्तकालयमा पुस्तक अध्ययन, पुस्तकका बारेमा छलफल, पुस्तक वाचन, पढाइ दौड, स्मरण खेल लगायतका रमाइला व्रिmयाकलाप संचालन गरिएको थियो । साक्षरता सीप र पठन सँस्कृतीको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले घुम्ती पुस्तकालय संचालन गरिएको तिम्सिनाले बताए ।
घुम्ती पुस्तकालयबाट १५०० भन्दा बढी पाठकहरुले पुस्तक अध्ययन, ३०० विद्यार्थीहरु विभिन्न् व्रिmयाकलाप हरुमा सहभागि भएका थिए । साक्षरता दिवसको अवसरमा साक्षरता कार्यव्रmम संचालन भएका १० वटा विद्यालयमा पुस्तकालयको उदघाटन गरिएको जानकारी एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।
सन् २०२२ देखि रुम टु रिडसँगको साझेदारीमा एकिकरण नेपालले गोरखाका १०० विद्यालयमा साक्षरता कार्यव्रmम संचालन गरिरहेको छ । सबै १०० विद्यालयहरुमा बालमैत्री पुस्तकालय व्यवस्थापन तथा संचालनका लागि शिक्षक तालिम, पुस्तकालय फर्निचर तथा पुस्तकहरु विद्यालयलाई उपलब्ध भइसकेको जानकारी समेत हरि देवकोटाले दिए ।




