
हिमानी र छोरी कृतिका गोरखा दरबारमा
गोरखा ः हिमानी शाहले शाह वंशको कुल देवता गोरखकालीका र गोरखनाथको पूजा गरेकी छिन् । शनिबार बिहान साँढे आठ बजे गोरखकाली मन्दिर पुगेकी हिमानी र उनकी छोरी कृतिकाले डेढघण्टा लगाएर तान्त्रिक विधिले गोरखकाली र गोरखनाथको पूजा गरेकी हुन् ।
साथै कैलाशकुटमा राखिएको देवीको दर्शन गरेकी छिन् । कैलाशकुट प्रवेशमा राज खलक बाहेक अरुलाई अनुमति छैन ।
राज खलकले तान्त्रिक विधिबाट गोरखकालीको पूजाअर्चना गर्ने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए ।
साथै उनीहरुले हालै पुनर्निर्माण सम्पन्न भएको चारसय बर्ष प्राचीन गोरखा दरबारको पनि अवलोकन गरेका थिए ।
हिमानी ट्रष्टले वितरण गर्ने स्टेशनरी सामग्री हस्तान्तरणका लागि उनी शुक्रबार राती उनी गोरखा आइपुगेकी हुन् । ट्रष्टले तीनहजार भन्दा धेरै विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।




