| बिहिबार, अशोज २१, २०८३

गोरखामा विश्व साक्षरता दिवको अवसरमा प्रभात फेरी कार्यक्रम

गोरखामा विश्व साक्षरता दिवसको अवसरमा हरमटारी देखि ठूलो आँगन सम्म प्रभाव फेरी कार्यक्रमको आयोजना गरिएको छ । शत प्रतिशत साक्षर र शुन्य प्रतिशत पोलियो, साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने नारा सहित प्रभाव फेरी कार्याक्रम आयोजना गरिएको हो । विहिबार विहान हरमटारीको रोटरी चोकबाट सुरु भएको ¥याली बसपार्क हुदै ठूलो आँगनमा कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्ष तथा टे«नर पवन रमन खनालले गोरखाको विगत र वर्तमान शैक्षिक अवस्था, जिल्लाको खानेपानी र क्लव संचालन गर्दै आएका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । सोहि अवसमार जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख विष्णु प्रसाद भट्टराई जिल्लाको शिक्षा क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

No description available.

कार्यक्रममा रोटरी क्लवका अध्यक्ष कृष्ण ढकालले जिल्लाको शिक्षा र स्वास्थ्य अवस्था सुधार गर्न सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । संस्थाले विगतमा पनि जिल्ला विभिन्न ठाउँमा स्वास्थ्य सम्बन्धी शिविरहरु संचालन गर्दै आइरहेको र विभिन्न विद्यालयहरुमा गएर शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको बताए ।

गोरखाको साक्षरता दरलाई शत प्रतिशतमा पु¥याउन निरन्तर लागि पर्नुपर्ने र स्वास्थ्य क्षेत्रमा सुधार गर्न क्लवले आगामी दिनमा विभिन्न स्थानमा स्वास्थ्य सम्बन्धी शिविरहरु संचालन गरी नागरिकको स्वास्थ्य परिक्षण गर्ने र उपचारको व्यवस्था मिलाइने अध्यक्ष ढकालले जानकारी दिए । कार्यक्रमका रोटरी क्लवका सचिव अन्जनबाबु खत्रीले सहजीकरण गरेका थिए ।

रोटरी क्लव अफ गोरखा, रोटरी क्लब अफ बज्र मनास्लु, गोरखा नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई गोरखा, रोट्र¥याक क्लब अफगोरखा, रोट्र¥याक ब्लव अफ बज्र मनास्लु, इन्टरयाक्ट क्लव अफ ओल्ड क्यापिटलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्