
उत्तरी गोरखाका तमु जातिको परिचय !
टेक बहादुर गुरूङ
गोरखा धार्चे ५ याम
गाउँ गुम्दा ।
तमु जातिको प्राचीन पुरातात्वीक संरचना र प्राकृतिक बोन सांस्कार संग संबन्धीत हाम्रो उतरी गोरखा तमु समाजको निर्णय बमोजिम ८८ वटा तमु गाउँ बस्तीहरू मिली उतरी गोरखाको तमु भाषामा निर्मित प्रशासनबाट दर्ता भैसकेको संस्थाले तमु जातिको आफ्नो लोप हुन लागेको पुरानो प्राकृतिक बोन धर्म संस्कार र संस्कृतिको कति पय नेपाली राष्ट्यि भाषामा अनुपात गर्न नआउने, थाहा नहुने नामहरू तमु भाषामा मात्र आउने शब्दहरू प्ये ताँ ल्हु ताँ हरू संरक्षण र संबर्द्दन गर्नु पर्ने स्थानिय जनताको माग हुन आएकोले यो निर्णय भएको हो ।
हाम्रो संस्कार र संस्कृति परखि, अर्घुङ गर्ने बिधि , कुलकुलियनको पूजा गर्ने बिधि गुरूङ र घलेको संस्कार फरक फरक नभएकाले हाम्रो संस्कार संरक्षण भयो भने उनीहरूको पनि संरक्षण हुन्छ । यो अर्थमा भनेकोछु अहिले सम्म गुरूङ र घलेको जयजन्म गर्ने पुरोहित एउट्टै बेद र बिधिचलेको देखिन्छ ।
जैसी, लम, पच्यू , झाँक्री, धामी, घ्याबृ , गुरूङ र घले सबैको एउटै चलाउछ । यो चलचित्र प्रति घलेहरूले बिरोध गर्नु पर्ने कुनै कारण छैन । पहिले तल तिरका मान्छेहरूले हामीलाई बखुवाई, जाँडै, जुम्रै, भुस्तिख्रै, भिन्के, खर्पाने आदि कुराहरूबाट हेप्थे हामी तमु , गुरूङनै भन्थे । २०६८ साल यता घलेहरू घले भाषा भनेर शुरू गर्न थाले । गुरूङहरूले यो तमु भाषा आफ्नो पहिचान मात्र नभै , तमु जातिको आफ्नो भाषा आफ्नो आत्मा र आँखाको नानी हो र भाषा आफ्नो मुटु तथा टाउको हो हामी तमु भाषा नै भन्छौं ,अरू कुरा थाहाछैन भन्दै आयो ।
अहिले आफ्नै भित्रका घलेहरूले पनि हेप्दै आउन थाले पछि हाम्रो सूरक्षा कैहिँ पनि देखिएन । अहिले सम्म घलेहरूले पनि थुप्रै चलचित्रहरू आफ्नै स्थानीय भाषामा नै निकालेको युटुबहरूबाट प्रसारण भएको देख्छु । तर तमु समाजले निकाल्दा किना आपत्ती, अब मित्रभव रहनेहरू संग हाम्रो मित्रता कायमै रहन्छ । हामी कसै संग मित्रता टुटाउन चाहन्दैन,वाँहाहरू हामी संग सत्रु ठान्नु हुन्छ भने भन्नु केहि छैन ।
अहिले उतरी गोरखा तमु समाजको चल चित्र निर्माताहरू आईतराम गुरूङ र प्रीतम् गुरूङ एक्लै छैन । आईतराम गुरूङ र प्रीतम् गुरूङ पछाडी हामी उतरी गोरखाको ८८ वटा तमु गाउँ बस्तीहरूको जनता एक्ये बद्दता भै लस्कार हुँदैछ । तपाईहरू कम्जोर भएर खुट्टा नकाम्नुस, हर खानु हुँदैन अगाडी बढ्नुस । सास छउञ्जेल जनताले आस गर्छ । यो कानूनी राज्य हो कसैले केहि गर्न सक्दैन। मर्नु परे एक दिन झाडा पखला लागेर पनि मान्छे मर्छ । फेसबुकमा डर ,धम्की आएको देख्छौं । जति सुकै धाक धम्की आए पनि चिउरा भिची सके पछि भिचेको चिउरा केको डर । हामी मानब जीबन हो , संघर्षको क्रममा कोशिस जारी रहयो भने मृत्युलाई पनि जित्न सकिन्छ ।
हामी पनि आफ्नो पहिचानलाई छोड्न सकिन्दैन हामी मध्ये यो तमु भाषा बोल्ने गाउँ बस्तीहरू लाप्राक, गुम्दा, सिङला, खोर्ला, उहिया,दुङला, नम्बै ,लाक्पै, जगत, ईङकर्जैवोङ, सलेरी, सेतीबास, घट्टै खोला, नाचेत, ङिम्राङ, बाङसिङ, न्याक, पेवा, कुल्ना, डियाङ, रना , कुयाक, बिही, शृङकी, कुवाक, छाक , गप, घट्टेखोला, लक्पा, जेक्बर, आङा, सर्सिङ, फिलेम् , पाति गाउँ, यारू, पुरिङ बास, दोभान, हुल्चोक, तातो पानी, लुस्याङ , पाँचे, ओवा, उ गाउँ, केरौजाबेसी, माछा खोला, खानी बेसी, लप्सिबोट, याम गाउँ, डोँदा खानी गाउँ, पवटु, लिवोचेत, लापु, ठाँटी, देउराली, बदेलगोठ, जिरोम गाउँ, लितीङ, भिरकुना, लपु लुङ, सप्चेत, सुति, नेबोट, धारा पानी,बाँस्पुर, चिसा पानी, क्याम्थली, बाह्रमुले, चित्रै, थला, ठोट्नेरी, काफलगङ, बान्चोक, भन्डारी गाउँ, झाङक्री स्वारा,नाल्बङ, जौबारी, सिङलाचे, सिम्बु , केउरा, रान्चोक, डाँड गाउँ, कुल गाउँ, पुखरी गाउँ, तुर्ति गाउँ, माँद्रै , अैसीनान, बारपाक गरी तमु बस्ती रहेकाछन् ।
मिस्रीत बस्ती बारपाक र उहिया बाहेक माथि उल्लेखित गाउँहरूमा घले छैन । घले भाषा खोजी गर्ने हो भने टस्याङ गएर खोजी गर्नु टस्याङ भनेको काशी गाउँ हो अहिले सम्म तामाङ भाषा बोल्छ। घलेहरू शुरूमा धादीङको गुम्दीबाट मान्बु र काशी गाउँमा बसो बास गर्दै आएको हो भन्ने कुरा तमु जातीको बंशवली इतिहासमा प्रमाणहरू पाईन्छ ।
एक थरी घलेहरू लार्के भोटको सामा गाउँबाट झरे र उहियामा बसो बास गर्न आएको हो भन्ने कुरा तमु जाति संग पुरानो प्रमाण छ । त्यसैले घले भाषा सामा गाउँमा गए र खोज्नु उपयुक्त होला । जब त्यस ठाउँमा हाल सम्म पनि तिब्बतेन भाषा बोलिन्छ। हालको बारपाकमा हजारौं बर्ष पहिले देखि तमु जातिको बसौ बास नै थियो । शुरू देखि उतरी गोरखाको तमु भाषा नै बोल्दै आइरहेको हो । परापुर्बकाल देखि हाल सम्म तमु भाषामा बारपाकलाई बह्रा तह् भनिन्छ । बह्रा भन्नुको अर्थ बदेल खर्का हो । यि बदेल खर्कामा ख्योङपो लम र पैँच्य लमको झगडा कसैले पनि मिलाउन नसके र माथी खोर्ला गाउँको कोर्क्या कोटबाट कोर्क्याल घलेको कान्छा छोरा ल्याई उसले ख्योङपो लम र पैँच्य लमको मुद्दा छिनो फानो गरी मिलाई दिएकोले ख्योङपो लमले दरौँदीको किनारामा जन्मी फालेको आमा बाबु पत्ता न लागेको बच्चा टिपी पाली राखेको केटी जवान भैसकेको अवस्थामा खोर्लाबाट ल्याएको घले केटो संग बिवाह गरी दिई बसौ बास गर्ने ठाउँ दिएको इतिहास छ । त्यो बारपाकमा बसी बारपाककी गुरूङहरूको हर्ता कर्ता भैसके पछि त्यहाँ आफु अल्पा मत मा परे पछि भबिष्य जेपनि हुन सक्छ भन्ने डरले पछि उहिया र काशी गाउँको अरू ग्याल्दङ घले र डाँके घलेहरू पनि फकाए र ल्याई राखेको उतरी गोरखाको बुद्दिजीबीहरूको भनाई पाईन्छ । त्याहाँको रिल्ली क्ल्ये हाल रिल्देन घले घाँद्रुङबाट आएको र समाघु क्ल्ये हालको साँप्री घले मनाङको ङावलबाट आइ बारपाकमा बसो बास गरी बसेकोले हाल बारपाकमा घलेको संख्या अलि धेरै देखा परेको मात्र हो भन्ने पुरानो बुद्दी जीबीहरूको भनाई पाईन्छ ।
हाल दरौंदी पत्रीकाले लेखेको लेखमा दरौंदी पारीका गुरूङ भाषा मात्र गुरूङले बोल्ने भाषा हो र दरौंदी वारी बोल्ने भाषा गुरूङ र घले दुवै थरीले बोल्ने भाषा घले भाषानै हो गुरूङको भाषा होइन गुरूङहरू बहु संख्या भएर मोडे बोल देखाएको मात्र हो भने र बारपाकलाई मात्र बेस बनाई ठोके र किटानी साथ घले समाजको सपोर्टमा लेखेको पायो । दरौंदी पत्रीकाले के उतरी गोरखाको भूमि पूत्र घलेनै बनायो? पूर्बको राई जातिहरू ३२ वटा भाषा र भाषीका हुँदा आफैमा भाषा र परम्परा संस्कार र संस्कृतिको धनी भने र आफैमा गौरब मानेर बसेका छन् । के यहाँको भूमि पूत्र हामी तमु जातिहरू संग धेरै भाषा भाषीका हुन पाउँदैन र, यती दरौंदी वारीका गुरूङहरू गुरूङ होइन जस्तो लाग्छ भने नागरिकताको प्रमाण पत्रमा कसरी गुरूङ लेखेर बितरण गरेको इतिहासलाई कोट्याए र मात्रा बोल्न र लेख्नु पर्दछ , वारी र पारी भने र गुरूङ जातिलाई फुटाउँन खोज्नु राम्रो नेत् होइन।
हामी संग तमु जातिको पुरानो बंशवली छ।हामी मुडेबल होइन त्यहि बंशवलीको आधारमा टेकेर बोलेका हौँ । नपत्याए हाम्रो पुरानो तमु जातिको बंशवलीको फोटो कपी तल पठाई दिएको छ। गुरूङ बंशवलीमा के के छ। त्यो इतिहास गुरूङ भित्र हुन्छ। अरूलाई उजाल्नु र पछार्नु किन चासो। हाम्रो पुरानो बंशवलीको इतिहासमा घले भनेको गुरूङको राजा हो भनेर लेखिएको पाइन्छ । घलेमात्र छुट्टै राजा भएको बंशवली इतिहास पाएनौं ।
इतिहासका कुराहरू संसारमा लेख्या प्रमाण मानिन्छ । फेरी एउटै इतिहास दुई धारको हुँदैन । कसैले चाहँदैमा इतिहास बङक्याङन पाउँने छैन । नयाँ सूचीकरणले पुरानो इतिहास माथि दाबी लाग्दैन । अब नयाँ सूचीकरण हुन्छ भने अहिले नै इतिहास मान्दैन अब शुरू गरे र भाबी सन्तातीलाई मात्र हुन्छ र झन पछाडि पुग्छ । यो बंशवली इतिहास तमु जातिको प्राचीन बंशवली पृथ्बी नारायण शाह भन्दा धेरै पहिले गोरखाका शाहबंशीय राजा भीर भद्र शाहको पालामा प्रमाणीत गरी दिएको बंशवली हो ।




