| सोमवार, साउन १०, २०८३

गोरखा जिल्लामा सडकको पहुँच, सुरक्षा र सुबिधाहरु

पवनरमण खनाल

गोरखा जिल्ला पहाडि जिल्ला हो । बर्तमान अबस्थामा दुइ नगरपालिका र नौवटा गाउपालिका रहेको छ । सघिय गणतन्त्र नेपालको पुरानो राजधानी गोरखा जिल्लामा सडकको पहुच सदरमुकाममा बि स २०३९,४० सालमा गोरखा नारायणघाट लोक मार्ग को आबु खैरेनिबाट जोदिएर बनेको हो । तत्पश्चात लामो समयसम्म गोरखा जिल्ला सदरमुकामबाट सडक बिस्तार हुन सकेन । सुरुवाति समयमा गोरखा देखी काठमान्डु ,पोखरा र नारायणघाटसम्म जम्मा जम्मी ३ वटा बस सन्चालन भएको थियो ।

मालबाहक सवारी साधनहरु ज्यादै न्यन रुपमा रहेका थिए।समयक्रम परीबर्तन हुदै गएपछि बिस्तारै सवारी साधनहरु थपिने क्रम पनी भयो र सेवा क्षेत्रमा पनी थप हुन थाल्यो। बिरगन्ज, भैरहवा, लम्जुङ्ग,महेन्द्रनगर, जनकपुरका स्थानहरु पनि समेटिए । काठमान्डु र नारायणघाट भने दैनिक धेरै पटक सेवा दिने गरि सवारीसाधनहरु थप हुदै सेवा हुन थाले । ठुलो,सानामिनी हुदै माइक्रो बस सम्म पनी सन्चालनमा रहे । सुरुका दिनहरुमा साझा यातायात र प्रिथ्विराजमार्ग बस सन्चालक समितिका बसहरुले सेवा दिएकोमा पछि गोरखाका यातायात ब्यबसायि समितिहरुले सस्था दर्ता गरेर अर्को समिति पनि निर्माण गरेर कानुनिरुपमा नै सेवालाइ बिस्तार गरे। खासगरेर गोरखाको ग्रामिण क्षेत्रहरुमा बस सेवा सन्चालन गरे । बिँन्न आरोह अबरोह हुदै सन्चालनमा रहे । २०४९ पछि केहि ग्रामिण क्षेत्र सम्म साना तिना कच्चि सडकहरुको निर्माण भएको थियो।

यातायात ब्यबसायीले समितिमार्फत रकम सङ्कलन गरेर सडक मरमत सुधार गरेर बससेवा सन्चालन गर्ने क्रम रह्यो । पक्कि सडकको सेवा स्तर र क्षेत्र भने उहि रह्यो तर कच्चि सडकमा भने बिभिन्न बिषयहरुले चर्चा पाइरह्यो । सेवा क्षेत्रको पहिचान , भाडादर, सेवा दिने निकाय,सडक सुरक्षा र बिस्तार आदी बिषयमा बाद बिबाद , छलफल आदी । क्रमिक रुपमा बस्ति बस्ति सेवा क्षेत्र बिस्तार हुदै गइरहेको छ । बर्तमान अबस्थामा त सोति देखी काठमान्डुसम्म रात्रिकालिन बस सेवा सन्चालनमा छ ।

ट्याक्सी सेवामा पनि बिस्तार भएको छ। ब्यापारीक प्रयोजनको लागि जिप साना ठुला ट्रकहरु समेतको सेवा सन्चालनमा छ । दैनिक ४००का हाराहारीमा सवारि साधनहरुको प्रयोग भइरहेको छ । यसरि हेर्दा गोरखा जिल्लाको दुबै नगरपालिका र सातवटा गाउपालिकामा बससेवा बिस्तार भएको छ। सुरुदेखि सडकको काम सिमित रुपमा भएपनि तिब्र बिकास भने पुप्रम बाबुराम भट्टराइको सक्रियता नै प्रमुख हो । अहिले कच्चि सडकहरु कालोपत्रे गर्नेकाम चालु छ कतिपय भने पुरा एका छन ।

पहुचको बिषयमा हेर्दा सातवटा गाउ पालिकाका बस्ति बस्ति र दुइ नगरपालिकाका क्षेत्रहरुमा पहुच छ तर चुननुब्रि र धार्चे गाउपालिका भने अहिले सम्म पनि सडकको पहुचबाट बाहिर छ । बेनिघाट लार्के सडकको बजेट बिनियोजनको सुरुवात २०६५बाट सुरु भएको हो तर अहिले सम्म तातोपानि सम्म ट्रयाक खोलिएको छ । नेपाली सेनाको जिम्मामा भएको काम अपेक्षित प्रगति हुन सकेको छैन।मान्बु काशिगाउ केरौजा सडकको प्रगतिपनि उस्तै रहेको छ ।

धार्चे गाउपालिकाले सोति देखिमाछा खोलासम्मको खन्डमा बससेवा सन्चालनको लागि निर्णय गरिसकेपनि कार्यान्वयन भने हुन सकेन । उहिया सम्म ट्याक्टर भर्खर पुगेको छ । कहिले धार्छे र चुननुब्री गाउपालिकामा सम्म सडकको पहुच पुग्ने र आर्थिक क्रियाकलापमा सहयोग भइ ग्रामिण क्षेत्रको उत्पादनले कहिले बजार पाउने ?

सडक सुरक्षाको बिषयलाइ हेर्नेहो भने अझकहाली लाग्दो अबस्था छ।पक्कि सडकहरुमा स्थायी नालाको उचित प्रबन्ध नहुनु र घना बस्ति क्षेत्रमा जहा पायो उहिबाट सहायक सडक खोल्नु ,बजार क्षेत्रमा गर भबनको छाना तथा निकास सिधा सडकमा फाल्नु जसले गर्दा बर्षायाममा सडकमा पानिको निकासले सडकमा क्षति पुर्याइको हुन्छ ।

पहादडि क्षेत्र स साना मोड सडकमाथी पालिकाको बिकासको होडबाजि जेसिबि जस्ता उपकरणको हिउदभरिको प्रयोग र बर्षायाममा हुने पहिरो सडक बिनासको प्रमुख कारण नै हो । सदरमुकामको सानो बस्तुगत अबस्था हेरौ वार्ड न ६ र ८ को साधको खोला कुहिरे भिर सम्मको प्रभाब क्षेत्र हो ।

तर अहिले अस्पताल चोक देखि माथि हेर्नेहो भने वल्ड क्यापिटल स्कुलजाने सडकको कजवे बनाइएको छ तर त्यो कजवेको होचोभाग अस्पताल चोकतिर जाने सडक पट्टि होचो बनाइएको छ जसले गर्दा पानी परेको समयमा कुहिरेभिर, रानिबन देखि आएको पानी भल गलत प्रबिधिको कजवेले गर्दा सबै पानी अस्पताल चोक हुदै हरमटारि लोकतान्त्रिक चोक हुदै सडकको सत्यानास। सडकमा नाला बन्द छ । हरमटारी बजार क्षेत्रमा सिधा घरको सेप्टिटैङ सदडकको नालामा जोडिएको छ ।

लुकाउनकालागि सानो ढलान गरिएको छ फलस्वरुप नालाजाम अनि सडक भरी पानी र ग्राभेलको थुप्रो। वल्डक्यापिटल जाने बाटोको कजवे बाट तलको भागमा खोला हरायो। एकै चोटी अस्पताल चोकबाट बराह जाने सडकको सानो कलभर्टबाट तलतिर करिब १०० मिटर खोला छ त्यसपछि खोला हरायो । ढलान बाटो छ । सानो ह्युमपाइप राखियो । गत बर्ष ठुलो पानी परेको रातीको समयमा गरमा पानिको मुस्लो पस्यो रातभरी जागाराम । नोक्सान भयो कार्पेट,कागजातहरुको। फेरी पानीको यात्रा पान्डेचोक हुदै सडक भरी । पानीपरेको समयमा सडकमा हिडडुलमा समस्या छ । लगभग सबै घरका छानाका पानि सिधै सडकमा ।

सबै घरको पानी सडकमा जम्मा हुदा सडक सागर बन्दै कालोपत्रको नाम निसाना हुदैन । हरमटारी देखी ओरालो लागेको पानिको मुस्लो पेट्रोलपम्प हुदै त्यहाको निकास सहित चाइनिज धारा सम्मको सडकको हालात बेहाल यो त प्रतिनिधी घटनाको उतार हो ग्रामिण सडकको हालत यस्तै हुदा सडक सुरक्षा चुनौति उच्च छ । परा पुर्बको भलेसो काट्ने चला थियो ।

गाउ बस्ति तथा खेतियोग्य जमिनको सुरक्षामा भलेसो काटेर खोला खोल्साको परिधि क्षेत्रमा पठाउने चलन हरायो । जेसिबि सडक योजनाले जता ततै छुस्स छुस्स सडक खोल्दा सबै सडक सुरक्षाको द्रिष्टिले नाजुक छ । स्थानिय सरकारले साना सडकलाई सरक्षण गर्नुपर्छ भने प्रदेस सरकारको तालुक अड्डा पुर्बादार कार्यालय र डिभिजन कार्यालयहरुले सडक सुरक्षाका काम गर्नु पर्छ् स्थानिय सरकारसग सहकार्य हुनु जरुरि छ ।

सघिय सरकारको प्रतिनिधिको रुपमा जिल्ला प्रसासन कार्यालय हो। प्रमुख जिल्ला अधिकारिको यसमा अधिकतम जिम्मेवारी रहन्छ । राष्ट्रिय सम्पत्तिको सरक्षण र सुरक्षा गर्ने गराउने काममा । नागरीक स्तर देखि सघिय सरकार तह सम्म सडक सुरक्षा, सकेत आदिको ब्यबस्था हुनुपर्छ ।

सडक स्तर राम्रो हुदे गएपनि सडक आसपास सुबिधा छैन । पिउने पानि, सौचालय, र ईन्धन भर्ने स्थान । गोरखा जिल्लामा करिब ४०० सवारि साधानहरु गुड्छन । साना जिपकार देखी ठुला ट्रक बसहरु सन्चालन भइका छन । तर इन्धनको सुबिधा सदरमुकामा मात्र छ । कुनै सवारी साधन ग्रामिण क्षेत्रमा जाने सवारी साधनले सदरमुकामबाट नै इन्धन भरेर, फर्कदा समेतको लागि भनेर जगेडाको रुपमा लिनु पर्छ । बाहिर जिल्लाबाट बारपाक लाप्राक सिरानचोक सिरानडाडा गुम्नआउनेले समस्या ब्यहोरेको कुरा हो यो ।

काशिगाउमा,उहिया, बारपाक लाप्राक,गुम्दा, मात्र नभइ आरुघाट ताकु कतै काम गर्ने साधनहरुलाई ईन्धनको चरम चुनौति छ । मध्यपहाडि लोकमार्ग सदरमुकाम नभइ जाने हुदा पनि इन्धनको लागि धयाम्पेशाल आरुघाट तथा आरखेत क्षेत्र साथै महटार,नयासाघु,बालुवा, पालुम्टार, भच्चेक क्षेत्रमा पनी इन्धन डिपोको स्थापना ,सन्चालन को सहजिकरण,तथा नियमनको आबश्यकता र तदकतारुपता छ । यसका लागि सघिय सरकारको तर्फबाट पहलकदमी लिनु जरुरि छ ।

प्रतिक्रिया दिनुहोस्