| सोमवार, साउन १०, २०८३

गोरखा बजारको हावा र पानी

बद्री बहादुर मास्के

हावा र पानी विना कुनैपनि प्राणी बाँच्न सक्तैन । तर, यो कसरि काहाँवाट आउँछ ? के के गुँणहरु हुन्छन् ? मान्छेलाई यो किन चाहिन्छ ? भनेर सामान्यतया थाहा पाउनु जरुरी हुन्छ । ग्रहको उत्पत्ती संगै हावापानी पैदा भएको प्राकृतिक वस्तु भएकोले यो मानव जातीको हितमा रहेकोछ ।

क) हावा (वायू) : ( यसमा धेरैजसो नाईटूोजेन (N2) अक्सीजन (O2)कार्वोनडाई अक्साईड (CO2) पानी (H2O) र अरु पनि धेरैथोरै मात्राका वस्तुहरु हुन्छन । नाईटूोजेनले ७८.१% प्रतिसत हावा बनाउँछ । जबकि अक्सीजनले २०.९% प्रतिसत मात्र बनाउँछ । पृथ्वीको वायूमण्डलमा ३७.५ मिलियन देखि विलियन ग्यालन पानी वाफ बनेर ग्रहमा ढाकेको हुन्छ । र यदि पानी संकुचित भयो भने १” ईन्चको वर्षाले ग्रहलाई ढाक्न सक्छ ।
ख) पानी : ( पानीमा हाईड्रोजेन र अक्सीजन वाट बनेको हानीरहित तरल पदार्थ हो । पानीलाई विज्ञानको भाषामा H2O भनिन्छ । यसको स्वाद हुँदैन, गन्ध हुँदैन, रंग नहुने तरल पदार्थ हो । शुन्य डिग्र्रिभन्दा तल झरेमा बरफभै जम्छ भने सयडिग्रि भन्दा माथिको तातो भएमा उम्लन्छ । पानीलाई जिवनका लागि चाहिने अत्यावश्यक वस्तुको रुपमा मानिएको छ । केमिकलहरुमा कसरी प्रतिकृया गर्छ भनि जान्नको लागि पानी मिसायर हेर्ने गरिन्छ ।

पानी वाफ बनेपछि वायूमण्डलमा मिलेर शुन्य डिग्रिमा पुगेपछि पुनः पानी बनेर वर्षा हुनथाल्छ । यसरि वर्षा भएको पानी रुखहरुको जरासम्म पुग्छन् । रुखको छाया र शित्तलका कारण पानी जमीनमा विस्तारै जमिन भित्रजाँदा एकत्रित भएर मुलको रुपमा बाहिर निस्कने गर्छ । यसैगरि रुखहरुको जराले पानीलाई पातसम्म पु¥याउँछ । यसरि रुखहरुले मानिसलाई स्वासफेर्न चाहिने पानी सहितको अक्शीजन भएको हावा वायूमण्डलमा फ्याल्ने गर्छ । तसर्थ, मानव जातीको लागि अत्यावश्यक पानी र अक्शीजन पाउन बनजंगल अपरिहार्य छ । हामि सबैलाई थाहा छ, रुख विरुवाले बाढि र पहिरो पनि बचाउँछ ।

पानी बस्ती विकासका लागि पहिलो आवश्यक्ताको वस्तु हो । परापुर्वकालमा गोरखाबजारको हावापानी अतिउत्तम भएको यहाँ आउने कर्मचारीहरु बताउने गर्दथे । तर, विग्रदो बस्ती र वातावणका कारण अहिले गोरखाबजारको हावापानीलाई उत्तम भन्न मिल्दैन । किनभने, पानीको श्रोतहरु सुकेको छ । ढलनलहरुको फोहोरले गोरखाबजार दुर्गन्धीत छ । यस कुराले हावापानीलाई कति महत्व दिनुपर्छ भन्नेकुरा हामि आफैले बुझ्नजरुरी छ । जिवन संग यति धेरै संवन्ध राख्ने पानीलाई विशेष महत्व दिनेकि नदिने पनि हामि आफै फैसला गरौं ।

परापुर्वकालमा बोट विरुवाहरु प्रशस्त थिए । मानव वस्ती भने थोरैमात्र थिए । त्यसैले पानीको श्रोतहरु पनि जमीन भित्रवाट शुध्दभएर निस्कने गर्दथे । जसमा किटाणु र गन्धहरु केहि हुँदैन थियो । आकाशवाट परेको पानीले जमीनमा प्रशस्त रिचार्ज हुन्थ्यो । पानी पाउनु मात्र सबैकुरा होईन । यसको गुणमा पनि हामिले ध्यानदिनु पर्छ । पानी विभिन्न प्रकारका हुन्छत । १) ढल मिसियको दुर्गन्धीत फोहोर पानी २) विभिन्न रसायन मिसिएको दुषीत खोलाको पानी ३) विविध किटाणु यूक्त, चराचुरुंगी र जनावरहरुले दुषीत बनायको पानी ४) जमीनको धेरै तलवाट निश्केर मुलबनेको किटाणु रहित पिउन योग्य पानी ।

अब हामिलाई कुन प्रयोजनको लागि कुन पानी प्रयोग गर्ने । सोहि अनुसार हामिले पानीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । विशेषत हामिलाई खानेपानी र सरसफाईको लागि प्रयोग गरेपछि ढल मार्फत कृषी प्रयोजनका लागि पानी पठाउन सकिन्छ । यसको लागि वस्ती विकासलाई व्यवस्थीत गर्नुपर्ने हुन्छ ।

तस्बिरःनविनबाबु गुरुङ

गोरखाबजारमा पानीको अवस्थाः

कुनैवेला गोरखाबजारमा पानी छेलोखेलो थियो । पचासको दशकमा आएर एकगाग्री पानीका लागि रातभर कुर्नुपर्ने हुनपुग्यो । गोरखामा आउने पर्यटक पाहुनाहरु पानी नपाएर फर्कन थाले । तर, गोरखालीले पानीको व्यवस्थापन गर्न सकेन । पानीको कुरागर्ने वित्तिकै राङ्गरुङ्ग र नारदपोखरीको कुराले अलमल्याउने गरेका थिए । यसरि ठुला कुरा गरेर गोरखाबजारको विकासमा भाँजो हाल्नेहरु नभएका होईनन् । अनि हरेक पाईलामा गोरखा पछाडी पर्दैजान थाले । पानीको अभावले वस्तीनै उजाड हुनेडर पलाउन थाल्यो । यसैको कारण विभिन्न प्रयाशको बाबजुद छाङ्गखोला र ढाक्रेखोलाको पानी ल्याउने काम भएको हो । यसमा पनि विवादहरु ल्याएर सानासहरी खानेपानी असफल बनाउने प्रयाश नभएको होईन । तर, केहि साथिहरुको लगनशीलता र अठोटका कारण हाल साना सहरीको पानीले काम चलाउ भैरहेको छ । अझै पिउन योग्य बनाउन भने सकेको छैन । किन यसोभयो भन्ने वारेमा यहाँ व्याख्यागर्न जरुरी ठान्दीन । यहि पानीपनि गोरखाबजारलाई पु¥याउन नसक्दा पटकपटकको प्रयाश पछि दरौंदी गोरखा खानेपानी आयोजनाको निर्माण भैरहेको छ ।

दरौंदी गोरखा खानेपानी आयोजनाको सर्भेको समय देखिनै उपभोक्ता समिति गठन हुन नसकेर आयोजना विवादमा तानियको थियो । तत्पश्चात सर्वपक्ष बैठक द्वारा गोरखाबजार वरपरका ६ वटा सन्चालित खानेपानीका उपभोक्ता समितिवाट एकछुट्टै दरौंदी गोरखा खानेपानी उपभोक्ता समिति गठन भयो । यसपछि गोरखाबजारको नाममा शुरुभएको खानेपानी आयोजना यसको वितरण क्षेत्र विस्तार हुँदै वरपरका संपुर्ण गाउँहरु ढाक्न पुग्यो । विगतमा खानेपानी प्रणालीनै नभएका क्षेत्रमा पनि पानी दिनुपर्ने भएपछि अर्को समस्या उत्पन्न भएको हो । र दरौंदी गोरखा खानेपानी उपभोक्ता समिति बल्कपानी विक्रिगर्ने एकछाता संगठनको रुपमा दर्ताहुन पुग्यो ।

खानेपानी जस्तो संवेदनशील वस्तु सबैलाई बाँढेर खानुपर्छ भन्ने धारणाले सबैलाई सदस्य बनाईयो । तर, निर्माण चरण देखिनै स्वार्थैस्वार्थले विवादहरु आउन थालेको अहिले सम्मपनि कायमै रह्यो । आफुले गर्नुपर्ने काम र कर्तब्यमा विभिन्न बाहानावाजी गरेकाले उपभोक्ताको तर्फवाट व्यहोर्नु पर्ने १०% प्रतिसत रकम हालसम्म पुराहुन सकेको छैन । यतिमात्र नभै कोहि उपभोक्ता जागीरका लागि अत्तोथापेका छनभने कोहि जमीन उपलब्ध गराय बापत थप संरचना पाउनु पर्नेभन्दै अत्तोथाप्ने गरेका छन ।

तैपनि यिनै उपभोक्ताहरु सन्चालन मोडालिटि र महशुल निर्धारणमा पनि स्वार्थ राखेर विवाद निकाल्ने करिब पक्का छ । यसो भएपछि कसरि नियमित र दिगो पानी सन्चालन हुन्छ ?
हामि सबैलाई थाहा छ, खानेपानीको व्यवस्थापन भएपछि वस्तीको विकास संगै जमीनको मुल्यबृध्दी हुन्छ । यसको साथै उपभोक्ता आफ्नै जिवनमा पनि सहजता आउँछ । तैपनि खानेपानीमा विविध समस्या ल्याउने उपभोक्ताहरु कति बुज्रुक होलान् ? उपभोक्ताहरु आफै विकासका वाधक बन्छन, अनि आफै विकास नभएको भनि कुरा काट्छन । यसैले सबै उपभोक्ता साथिहरुलाई सकारात्मक भईदिन विनम्र अनुरोध गर्दछु ।

अब यस खानेपानी आयोजनाको भविष्य प्रति यथार्थतामा आधारित चिन्तन गरौं । दरौंदी नदीवाट पानी ल्याउने हुँदा पानीको श्रोतमा कहिल्यै कमि आउने छैन । सम्पवेल आरसिसि भएकोले दरौंदीको भेलले भत्काउन पनि सक्नेछैन । सम्पवेल भित्र पानी आईपुग्दा पहिलो चरणको शुध्द भएको हुन्छ । यसपछि अर्को चरणमा थेग्राउने, फिल्टर गर्ने काम र क्लोरिनेसनले पानीवाट रोग आउने संभावना ज्यादै न्यून हुनेछ । त्यसैले दरौंदी गोरखाको खानेपानी धारावाट सोझै पानी पिउन हुनेकुरामा कुनै शंका देखिदैन । आयोजनाको पानी सफा र शुध्द भएपनि उपभोक्ताहरुको गलत मनोवृत्तिले गर्दा आयोजना सन्चालनमा अवरोध आउने देखिन्छ । यसरि स्वार्थका कारण आयोजना प्रभावित हुनपुगेमा यस दरौंदी गोरखा खानेपानी आयोजनावाट उपभोक्ताले खानेपानी नियमित पाउन सक्छ भन्नेकुरामा शंका उत्पन्न भएकोछ ।
अब केगर्नु पर्छ ?

अहिलेको साधारण सभाका सभासद संख्या ज्यादै ठुलो छ । यसले हरेक वर्षहुने साधारण सभाखर्च र सन्चालन खर्चहरु महशुलमै थपिने हुन्छ । यसैले सन्चालन मोडालिटि परिवर्तन गरि न्यूनत्तम सभासद हुनेगरि सदस्य सँस्थाहरु एकआपसमा मर्जगरि ६ वटा सदस्य सँस्थाहरु बनाउनु पर्छ । यसो भएमा कर्मचारीको संख्या घट्ने, मर्मतसंभारको खर्च घट्ने मसलन्द घट्ने हुँदा महशुलमा सरलता आउन सक्ने देखिन्छ । तसर्थ, दरौंदी गोरखाको पानी नियमित वितरण गर्ने होभने निम्न सदस्य संस्थाहरुलाई एक आपसमा मर्जगरि ६ वटा मात्रमा सिमित बनाउनु पर्छ । उपभोक्ताले शुध्दपानी नियमित पाउनुनै मुख्य कुरा भएको हुँदा मर्जहुन आनाकानी गर्नुहुन्न भन्ने मेरो धारणा छ । यसपछि नयाँ प्रणाली द्वारा तालिम संचालन नियमावली, प्रकृया र प्रविधिमा एकरुपता कायम गर्नुपर्छ ।

यदि हामि उपभोक्ताहरुमा सहमती हुन्छ भने सबैभन्दा उत्तम विकल्प भनेको हरेक ५(१० वर्षका लागि खानेपानी सन्चालन कन्टूाक्टमा दिनुपर्छ । यसो भएमा उपभोक्ताहरुले नियमित पानी पाउन सक्नेछ । अन्यथा दरौंदी गोरखा खानेपानी संस्थालाई कर्पोरेट ढंगवाट संचालन गर्नुपर्छ । यसो भएमा खानेपानी सन्चालनलाई स्मार्ट बनाउन सकिन्छ । यसपछि जोसुकै सन्चालक समितिमा आएपनि उपभोक्ताले पानी सहज ढंगवाट खानपाउँने छन । अन्यथा, दरौंदी गोरखा खानेपानी सन्चालन सहज हुनेछैन । हात्ती आयो, हात्ती आयो फुस्साहुने करिब पक्का देखिन्छ ।

१) पृथ्वीनारायण सानासहरी खापा, पोखरीथोक खापा, रानीबन खापा, तारेभिर खोलखोले खापालाई मर्जगरि एउटै बनाउने ।
२) कर्णेखोला खापा, तिनचापे खापा, पोखराथोक खापा, गैह्रीकुवा खापालाई मर्जगरि एउटै बनाउने ।
३) घलाङ्ग खापा, बेनीखोला खापा, देउराली ज्यामीरे खापालाई मर्जगरि एउटै बनाउने ।
४) नारेस्वर खापा, चिसापानी खापा, दुंश्री खापालाई पनि मर्जगरि एउटै बनाउने ।
५) पिपलथोक खापा, पाँडेचौतारा खापा, पन्थेस्वारा खापा, पाँडेचउर खापालाई मर्जगरि एउटै बनाउने ।
६) जुंगेपानी आहाले खापा, लाकुरीस्वारा ढोडेभन्ज्याङ्ग खापा, भुवानीखोला खापा, थाकलडांडा खापालाई मर्जगरि एउटै बनाउने ।
अस्तुः

प्रतिक्रिया दिनुहोस्