
नेपाली साहित्यका अथक साधक—मोतीराम भट्ट
ऋषि खनाल
थोरै बाँचेर पनि नेपाली साहित्यिको अनुपम सेवा गर्ने माध्यमिककालीन साहित्यकार मोतीराम भट्ट हुन । वि.सं. १९२३ भाद्र ३१ गते कुशे आंशीका दिन बाबु दयाराम भट्ट र आमा रिपूमर्दिनीको कोखबाट भोसीको टोल काठमाडौंमा जन्मिएका भट्टले ३१औं जन्मोत्सव मनाई रहदा १९५३ कुशे औशीकै दिन विषम ज्वरबाट मृत्यु वरण गरे । दयाराम भट्टका सन्तानहरु नबाचेका हुनाले मोतीराम भट्टलाई जन्मनासाथ रच्छ्यानमा सुताएर कान छेडेका थिए ।
६ वर्षको उमेरमा आप्mनी माहिली हजुरआमासँग बसेर बनारसमा शिक्षा आर्जन गर्नथाले । भारतका प्रशिद्ध राष्टूवादी साहित्यकार भारतेन्दु हरिश्चन्दको सरसंगत प्राप्त गरेका भट्टले नेपाली साहित्यको विकासमालाग्ने प्रेरणा पनि उनैबाट प्राप्त गरेका थिए । संयोग नै भनौ भारतीय कवि हरिश्चन्द्रको पनि ३५ वर्षको अल्पायुमै मृत्यु भएको थियो । मोतीराम भट्ट काठमाडौंमा आएको बेला वि.सं. १९३७ मा साथीको विहेमा जन्त गएको बेलामा रामायाणको सिलोक भाखा हालेर दोहोरी गाएको सुने पछि प्रभावित भएर यसको खोजी गरी रामायणको प्रकाशन समेत गरे । भानुभक्त आचार्यको बारेमा खोज अध्ययन गरी उनलाई नेपाली आदिकविका रुपमा परिचित गराउने कार्य गरे । मोतीराम भट्ट नेपाली, हिन्दी, उर्दू, फारसी,संस्कृत, नेवारी र अंग्रेजी गरी ७ भाषाका ज्ञाता थिए । महिलाको जस्तो स्वरका धनी भट्टले १४ वर्षको उमेरमा आफैले फारसीमा लेखेको नाटकमा महिलाको भूमिका खेलेका थिए । “गोर्खा भाषामा हुनता धेरै नामका कवि भानुभक्त भन्दा पैला पनि थिए तर कविताको मर्म जानी भाषामा पद्यलेख्ने कविहरुमा आदिकविभानुभक्त नै हुन ।” भानुभक्तलाई आदिकविको उपाधि दिने आप्त वाक्य नै यही हो । जुन मोतीराम भट्टले भानुभक्तको जीवनचरित्रमा उल्लेख गरेका थिए । मोतीराम भट्टको ३० वर्षको अल्पायुमै निधन भयो । उनले नेपाली साहित्यमा पु¥याएको योगदन हेर्ने हो भने १०० वर्षमा पनि गर्न नसकिने कामहरु भएका छन् । भारतको कलकत्ताबाट इण्टूेन्स (क्ीऋ ) पास गरेका भट्ट एफ.ए.( क्ष्।ब् ) को परीक्षा दिन भारत जाँदा ठुलो जरोमा परे । फर्किएर घर आई७ महिना थलिए पछि त्यही जरोका कारण उनको मृत्यु भयो । मोतीराम भट्टले भारतमा रहदा पनि मोती मण्डलीको गठन गरी नेपाली भाषा र साहित्यको सेवा गरेका थिए भने नेपाल फर्केर पनि अर्को मोतीमण्डली गठन गरी साहित्य प्रशिक्षण केन्द्र जस्तो बनाइ नेपाली भाषा र साहित्यको सेवा गरेको पाइन्छ । काम गर्नेका लागि समय धेरै आवश्यक पर्दैन । प्रतिभा र इच्छाशक्तिको सन्तुलन भएमा थोरै समयमा पनि धेरै कामगर्न सकिन्छ भन्ने कुरा मोतीराम भट्टको जीवनीबाटै थाहा हुन्छ । उनले नेपाली साहित्यमा सर्वप्रथम गजल लेख्ने पराम्पराको थालनी गरे । उर्दू फारसीको देन गजललाई नेपाली साहित्यमा भित्र्याएर दरवारीयाहरुले विदेशी वस्तादलाई दरवारमा ल्याएर गजल सुन्ने प्रवृत्तिको अन्त्य गरी नेपाली भाषाका गजल प्रचलनमा ल्याए ।
भट्टले सुरु गरेको यो विधा आजका दिनमा लोकप्रिय विधाको रुपमा विकास भएको छ । मोतीराम भट्ट समस्यापूर्ति कविताका पनि सुरुवात कर्ता हुन् ।संस्कृतमा प्रचलित यस पद्दतिलाई भारतेन्दु हरिश्चन्द्रको संसर्गबाट सिकेका थिए भने उत्कृष्ठ समस्यापूर्तिलेखेर उनीबाट पुरस्कार समेत पाएका थिए । भानुभक्तको जीवनचरित्र वि.स. १९४८मा लेखेर मोतीराम भट्टले पहिलो जीवनीकारको उपाधि पनि हासिल गरेका छन् । यही जीवनीबाट भानुभक्त आचार्यको लुकेको प्रतिभालाई उजिल्याइदिने कार्य समेत गरेका छन् । साथै भानुभक्तको रामयाण ओज अध्ययन अनुसन्धान गरी प्रकाशन गरिदिएर आपूmलाई नेपाली साहित्यको प्रथम अन्वेषकको उपाधि हासिल गर्न पनि सफल भएका छन् । मोतीराम भट्ट पहिलो समालोचक पनि हुन । उनले भानुभक्तले अनुवाद गरेका रामायाण तथा फुटकर कविताहरुको समालोचना गरी उनलाई आदिकविको उपाधि समेत दिएका थिए । जुन आज पर्यान्त प्रचलनमा छ । भट्टको प्रतिभा नाटकको लेखक, अभिनयकर्ता, र सफल निर्देशकका रुपमा फैलिएको पाइन्छ । उनले नाटक प्रदर्शनमा भारतीय वस्तादहरुको दरवार भित्रको रजगजलाई तोड्न शाकुन्तला नाटक लेखेर देव शमशेरको सहयोगमा निर्देशन र मञ्चन गरी बीर शमशेरलाई देखाएका थिए । मोतीराम भट्टले नेपाली साहित्यको बाँझो भूमिलाई हराभरा बनाउन प्रशस्त सिर्जनाका बृक्षरोपण गरेको पाइन्छ । सर्जकहरुले लेखेको सिर्जनाहरु प्रकाशनको अभावमा त्यसै मरेर जाने हुँदा उनले पाशुपत छापाखानाको स्थापना गरी त्यसको कुशल व्यवस्थापन पनि गरे ।छापाखानाको सुरुवात भए पछि पुस्तक पत्रपत्रिका छापिन थाले । मोतीराम ले नेपाली भाषामा पत्रपत्रिका प्रकाशन गर्ने कामको पनि थालनी गरे । बनारसमा भारतजीवन नामक पत्रिकाको प्रकाशन सुरु गरे । उनलाई पुस्तकालयको पहिलो संस्थापकका रुपमा पनि चिन्ने गरिन्छ । उनले सर्बप्रथम मोतीकृष्ण कम्पनी नामक पुस्तकालय काठमाडौंको ठँहिटीमा सञ्चालन गरेका थिए । साहित्यका हरेक कुराहरुलाई बढी सामुहिकता प्रदान गर्ने संस्कृति भारतबाट नै सिकेका भट्टले नेपालमा पनि त्यसको विकास गरे । यसरी नेपाली साहित्यको विकास र विस्तारमा माध्यमिक कालको योगदान महत्वपूर्ण रहेको छ । त्यो योगदान भनेको मोतीराम भट्टको अल्पायुको सतत प्रयासमा आधारित छ । मोतीराम भट्टको व्यक्तित्व आप्mना अग्रजहरुको सम्मान गर्ने, अघिल्लो पुस्तालाई चिनाउने, उनीहरुको योगदानको मुक्तकण्ठले प्रसंशा गर्ने, नवप्रतिभाहरुलाई सिर्जनाका लागि सहजीकरण गर्ने, प्रोत्साहित गर्ने जस्ता क्षेत्रमा समेत फैलिएको पाइन्छ । भक्तिधारामा अलापविलाप भएर भक्तिरसको आस्वादन गरिरहेको नेपाली समाजलाई शृङ्गारिक धारा प्रवाहमा सलल बगाउन सफल भए । पिकदूत जस्तो वियोगान्त शृङ्गारिक काव्य लेखेर कवि भट्टले नेपाली समाजलाई शृङ्गारिक काव्य रसको नयाँ रसस्वादन गराई ३० वर्षको उमेरमा नै हरेक नवीन साहित्यिक मान्यताको प्रमुख संस्थापक बन्न सफल भए । भारतीय साहित्यको विकासमा भारतेन्दु हरिश्चन्द्रको योगदानलाई नजीकबाट हेरिरहेका मोतीराम भट्टलाई पनि नेपाली साहित्यका लागि आपूmले पनि केहीगर्ने अठोट जाग्यो । फलस्वरुप म भारतेन्दु हरिश्चन्द्रको मृत्य पश्चात उनी पनि नेपालमा फर्किए र नेपाली साहित्यको श्रीवृद्धिको अभियानमा लागे । उनकोकविता संग्रह, काव्य , नाटक, गजल संग्रह, आख्यान,जीवनी समीक्षा, जस्ता विभिन्न विधाका गरी २ दर्जजन भन्दा बढी सिर्जनाहरु प्रकाशित छन् । गीत, गजल, नाटकमा विशेष क्षमता भएका भट्टले माध्यामिक कालको अभाव र राणा शासनको दबावका बाबजुध पनि ३० वर्षको उमेरमा नेपाली साहित्यको चौतर्फी विकासका जुन योगदान गरे प्रविधिले युक्त साधनश्रोत सम्पन्न पछिल्ला पुस्ताका लागिअनुकरणीय रहेको छ ।
(लेखक गोरखा क्याम्पस गोरखाका उपप्राध्यापक हुन)




