
सरकारीमा पढेकाहरु देश बनाउन काम लाग्छन्, बोर्डिङ पढेकाहरु रेमिट्यान्स भित्र्याउन मात्र
यस्ता दिन पनि थिए जब लाहुर गएका लाहुरे वा परदेश गएका पतिले पठाएको पत्र बाँची दिने मान्छे खोज्द दिदीहरू अक्षर फुटाउन सक्ने मान्छे खोज्दै एक बिहान लगाएर पल्लोगाउँ पुग्थे ।
कति कष्ट हुन्थ्यो होला नारी हृदयलाई, जब अन्तर मनका कुरा अरूलाई भनेर सर्माउँदै चिठी लेख्न लगाउनु पथ्र्यो । परदेशमा रहेका आफ्ना पतिका मनभित्रका कुरा अरुका पतिको मुखबाट शर्माउँदै सुन्नुपथ्र्यो ।
हाम्री आबु (मेरो टुहुरो पिताजीलाई हुर्काउने बिधवा फूपू बज्यै), हाम्रो गाइखुर, धौखोला, मिरकोट, लिगलिगकोट, पालुनटार, च्याङ्ली (घाटपारि वारि) टाढासम्मका डाँडो खोलोका सबैले चिनेकी जाने हुनुहुन्थ्यो । कृष्णचरित्र, रामायण(तुलसीकृत) पढन सक्नु हुन्थ्यो ।
आमा पनि राजकाजमा संलग्न सम्पन्न खर्दार लिलाधर धितालकी मन परेकी कान्छी छोरी हुनाले अलिअलि किताब पढ्न र बुबालाई चिठ्ठी लेखेर पठाउन सक्षम पाउथ्यौं । उहाँलाई गोरखा सदरमुकामको पस्लाङस्थित मगरगाउँमा हजुरआमाका साथमा बसेर पढ्ने अवसर पाएको सुनिन्थ्यो । मावलका हजुरबुबा १ खर्दार लिलाधर धिताल कवि हुनुहुन्थ्यो ।
उहाँको एउटा कविता मैले मेरो ‘बुबा’ ग्रन्थमा समेटेको छु । धेरै कविता भोगटेनीका तिवारी, काफल डाँडाका दुवाडी, काठमाडौँ रक्तकाली भुरूङखेलका तिवारीहरूसंग साफी गर्न छुटेको आमाको संझना थियो ।
आजभोलि गोरखाका घरघरबाट छोरी पढाउन पठाउने खबरले खुशीको सीमा छैन । मलाई त बोर्डिङ नामका स्कुलभन्दा सार्बजनिक सरकारी स्कूलमा पढ्ने केटाकेटि माथि देशको भबिष्य रहनेमा बिश्वास छ । उनीहरू नै देशका भबिष्यका आशाका किरण लाग्छन ।
बोर्डिङ पढने त आकाशमा उडेका चंगा जसरी ‘च्याट’ लाग्छन । १२ कक्षा पास गरेपछि पँखेटा लाग्छन् । उनबाट देशले पाई हाले केही रेमिट्यान्स सम्म हो ।
मैले २०४६ तिर श्री ५ वीरेन्द्र सरकारको पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा पालनटार ठूलोटार र नुन छरेको गौचर र रानीटार (लमजुङ्ग)का राजा यशोब्रह्म शाहकी जेठी महारानीबाट ठाँटी र पोखरी बनाएको हजुरबुबाका समयदेखि आफ्नो तालुकीभित्र प्राबिधिक उच्च शिक्षास्थलको सुझाव (बिस्तृत परियोजना) चढाउन सदरमुकाम जाँंदा झण्डै थुनिने नौबत आएथ्यो ।
जसोतसो सवारीमा खटिएका जनसम्पर्क अधिकृतको हातमा थमाइ ज्यान जोगाएर मुग्लिन बस्न पुगेको सम्झना आउँछ । आज बोर्डिङेको लक्ष जसरी हुन्छ हुर्रिएर देश छोड्ने नै छ । यसैले जो यहीँका गाउँमा पढ्छन ती मात्र देश चलाउने लाग्छन् । धन्यवाद ।




