
तरलताको बर्तमान अबस्था र आइरहेका समस्याहरु :

पवनरमण खनाल
हाम्रो देश कृषि प्रधान मुलुक भनिदै आएको पनि पहिलो पन्चबर्षिय योजना काल देखी नै हो । हरेक सरकार बन्ने बेलामा वा पन्च बर्षिय योजना पेश गर्ने समयमा कृषिलाइ ब्याबसायीकरण र आधुनिकरण गर्ने भन्ने शब्द खुबै प्रयोगमा आउछ । तर अबस्थामा परिबर्तन भने आएको होइन । न त कृषिमा कुनै आधुनिकिकरण भयो न त ब्यबसायिकरन भयो ।
यो एउटा राजनितिको ब्यापार गर्ने भर्याङ मात्र भयो । जहिले पनि निर्बाह मुखी कृषि प्रणाली र पुगेस पुगेस को अबस्था । राजनितिको क्षेत्रमा युगान्तकारी परिबर्तन भयो तर कृषि प्रणालीमा कुनै सुधार भएन । हाम्रो राश्ट्रिय आयको ठुलो हिस्सा ओगटेको कृषि क्षेत्र आधुनिकिकरण भई ब्यबसायिकरण हुनुको साटो तुहिने चरणमा गएको आभाष हुन थाल्यो । कृषि उत्पादन ह्वात्त घट्न थाल्यो ।
सरकारी क्षेत्रले मात्र रोजगारी थेग्ने अबस्था रहेन । शिक्षित ,अर्धशिक्षित सबैमा निरासा पैदा हुन थाल्यो । कसै कसैले ब्यबसायिक कृषिको योजना साथ अगाडि बढ्दा पुंजि,शिप,प्रबिधि तथा बजारको समस्याले असङगठित क्षेत्रको ऋणबाट उम्किन नसक्ने अबस्थामा पुगे । २०४८ साल देखि जनप्रतिनिधिको सरकार गठन भए पनि कृषि र रोजगारीको लागि आबश्यक बाताबरण तता अनुकुलताको निती योजना कार्यक्रम बन्न सकेन । निर्बाह मुखि मिश्रित अर्थब्यबस्थाको आर्थिक प्रणालि लाइ आधुनिक बजार अर्थब्यबस्थाको आधारमा निति योजना र कार्यक्रमले प्रतिस्थापन गरियो ।
यो प्रणालीले कृषिमा आधारित केहि सार्बजनिक संस्थानहरु पनि निजिकरण गरि कृषि क्षेत्र संग जोडिएको कृषिबजारको भुमिकामा रहेका संयन्त्र पनि टुट्यो।यतिबेला बजार अर्थप्रणालीले गर्दा उत्पादनमुलक क्षेत्रमा सरकारले लगानि नगर्ने,निजि क्षेत्र उत्पादनमुलकमा भन्दा ब्यापार मुलक क्षेत्रमा बढी नाफा हुने भएकोले आयात ब्यापारमा केन्द्रित भए । ससस्त्र द्न्द भन्दा अगाडि पर्यटन क्षेत्रको योगदानले आयात ब्यापारको शोधानन्तरलाई धान्ने अबस्था थियो ।
द्न्दकालमा कि जनमुक्ति सेना कि बैदेशिक रोजगारको अभियान जस्तै रह्यो। उच्चशिक्षा अध्ययनकोलागि जापान,अश्ट्रेलिया,अमेरिका र रोजगारको लागी बिभिन्न तरिका अपनाएर बिदेशिने अभियान नै भयो । यो क्रम २०६२,६३ को जनआन्दोलन पछि तिब्र रुपमा रह्यो । केहिसमय त यो बिदेशिने अभियान सबैलाइ राम्रो भयो ।
सरकारमा बस्ने शासन गर्नेलाइ हाइसन्चो भयो। रोजगारीको चिन्ता भएन।सारा का सारा नेपाली बैदेशिक रोजगारमा जाने अबस्था रह्यो। यति सम्मकी ११ कक्षा अध्ययन गर्ने बिध्धार्थीहरुको भनाई नपढेर क हुन्छ ररुबैदेशिक रोजगारमा जाउला । यो क्रमले नागरिकको आफ्नो खेतबारीमा गरीने कृषि कर्म क्रमश हट्दै गयो । रेमिट्यान्स आउने क्रम रह्यो । ठुलो मात्रामा रेमिट्यान्स आएपछि देशमा सोधनान्तरको समस्या रहेन । घर परीवारको रजगज र बैभब त भनिनसक्नु नै भयो । श्रीमति शहरी क्षेत्रमा बच्चा पढाउने भनेर डेराडन्डा गरेर बस्ने खर्च पर्चको अबस्था बन्ने हो भने देखासिखि प्रभाब र प्रदर्शन प्रभाबको रुमा रह्यो ।
सबै आयतित र बिदेशि बस्तुहरु को रजगज नै रह्यो । पुरा समाज देश उपभोक्ताबादमा रुपान्तरण भयो । देशको कानुन यस्तो बन्ने संरचनामा यस्तो अबस्था आयो कि उत्पादन मुलक उधोग संचालानमा असाध्यै झन्झटिलो प्रसाशनिक झमेला जबकी आयात ब्यापारमा ज्यादै सजिलो । २,४ दिनमा सबै कागजात तयार हुने ,यो वातावरणले उत्पादन मुलक उधोग भन्दा आयात ब्यापार नै सजिलो भयो । देशका ठुला ब्यबसायिक घरना भनिने ब्यापारीक समुदायहरुले आयात ब्यापारलाइ नै प्राथमिकतामा राखे। यो क्रमले दरो जरा गाड्यो ।
घरपरीवारहरु नया नया उपभोक्ता हुने र ब्यापारीहरु उत्पादनमा लाग्नुको सट्टा आयात ब्यापारमा लाग्ने । रेमिट्यान्सले सोधानान्तरको समस्या नहुने र केहि रकम भए अनुत्पादक क्षेत्र घर जग्गामा लगानी गर्ने यस्तो प्रबृतिको जगजगी रह्यो । के शिक्षक, कर्मचारी, ब्यापारी, ठेकेदार, राजनितीकर्मी सबैले घरजग्गाको कारोबारमा लाग्ने,दिन दुइगुणान रात चारगुना धनि बन्ने सापनामा लाग्ने ।
कृषि उत्पादनमा अब्बल जमिन प्लटिङ गरेर घडेरी बिक्री गर्ने । धन कमाएर नया नया बस्तुहरुको उपभोग गर्ने । आयात बृदिले सरकारको लागी राजश्र्व संकलनमा पनि बृदि भयो । सरकार आयात नियन्त्रणमा लागेन। भन्सार र कर असुलिमा केन्द्रित भयो । पछिको आउन सक्ने समस्याहरुको कसैले केहि सोचेन । देशमा सानो अंश पुंजीगत खर्च हुने र त्यो पनि खर्च नहुने प्रबृति रहिरह्यो । सबै काम कार्यहरु बिधि प्रकृया भन्दा पनि सेटिङ प्रणालि नै रह्यो । कहिले पनि आर्थिक सुचाङ्कहरु सकारात्मक भएनन ।
निर्माण सुधारका कामहरु कहिले पनि समयमा नसक्ने, भेरियसन गरेर बजेट दुरुपयोग गर्ने, यस्ता प्रबृति हावि भयो । देश भित्र भित्र खोक्रो भैरहेको थियो । यहि समयमा २०७६ फाल्गुण,चैत्रबाट बिश्र्वब्यापी कोरोनाको कहर भयो । अब रोजगारीको क्षेत्र पहिलो निसानामा पर्यो । संगठित असंगठित क्षेत्रका जनशक्तिहरुमा प्रत्यक्ष असर रह्यो । बैदेशिक रोजगारमा जानेहरु बिभिन्न उपायहरु अपनाएर सरकार र गैरसरकारी माध्यमबाट फर्किने क्रम रह्यो । दोश्रो तेश्रो लहरसम्म आउदा त बैदेशिक रोजगारीमा जानेको सख्यामा कमी र रेमिट्यान्स आउने मात्रामा ह्वात्तै कमि भएको छ । यो अबस्थाले अर्थतन्त्रमा ब्यापाक असर पारेको छ ।
बैदेशिक रोजगारबाट रेमिट्यान्स नआए बस्तुहरुको आयात पनि घट्छ । किनकी उपभोग क्षमतामा कमी हुन्छ । यसको असर भन्सार र राजश्र्व संकलनमा कमी हुन्छ,जसले गर्दा पुंजिगत खर्चमा कमी हुन्छ । यसले गर्दा मुद्राको प्रदायमा कमी हुन ्। आम्दानी घट्दा उपभोगमा कमी हुन्छ । यसबाट मुद्रा प्रदाय कमि हुन्छ, बैङ बित्तिय संस्थामा तरलता कमि हुन्छ, यस अबस्थामा ऋण प्रवाह गर्न सक्ने क्षमता हुदैन,जसले गर्दा उत्पादनमा अबरोध भइ कमी हुनजान्छ ।
यो क्रमजारी हुदैजादा अर्थतन्त्र नै खुम्चिने अबस्थामा पुग्छ । अहिले हाम्रो देशमा यो क्रम चलिरहेको छ । फलत तरलतो को संकट छ । यो अबस्थाबाट पार पाउन कम्तिमा पनि हरेम सेक्टरमा उत्पादन मुलक काम गरी उत्पादन बृदि गरि रोजगारिको अबस्थामा बृदि गरी अनाबश्यक उपभोगलाई दुरुत्साहन गरी कृषि क्षेत्रमा जिबननिर्बाह हुदै ब्याबसायिक उत्पादन र निर्यातमुलक बस्तुहरुको उत्पादनमा प्राथामिकता दिनु पर्छ । बैङ बित्तिय संस्थाहरुले स साना पुंजिलाई एकिकृत गरी स साना लगानिलाइ झन्झट नमानिकन काम गर्दा क्रमिक रुपमा अर्थतन्त्रमा सुधार हुन्छ । ग्रामिण अर्थतन्त्र चलायमान हुदै राश्ट्रिय अर्थतन्रमा गतिशिलता हुन्छ ।




